― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जन‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको ग्राण्ड प्रिमियर, प्रसारण शुक्रबारदेखि (तस्वीर)

‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको ग्राण्ड प्रिमियर, प्रसारण शुक्रबारदेखि (तस्वीर)


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनको ग्राण्ड प्रिमियर बिहीबार जमलस्थित विश्वज्योती हलमा गरिएको छ।
  • सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको निर्देशक लक्ष्मण पौड्यालले बताए।
  • सातौं सिजनमा ‘सुपर ब्लक’ नामक नयाँ नियम लागू गरिएको छ जसले कोचलाई प्रतिस्पर्धी छनोटमा रोक लगाउन अनुमति दिन्छ।

काठमाडौं । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौं सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ ।

आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता रह्यो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । प्रिमियरमा सहभागीले पहिलो एपिसोडको मुक्तकण्ठले प्रशंसा गरे ।

निर्देशक लक्ष्मण पौड्यालले सातौं सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको बताए । चारैजना कोच यसअघि विजेता भैसकेकाले यो सिजन निकै प्रतिस्पर्धात्मक हुने उनले बताए ।

कोच प्रमोद खरेल र राजु लामाले पनि नयाँ सिजनमा कडा प्रतिस्पर्धा हुने बताए । यी दुबैजना कोच नयाँ सिजनमा फर्किएका हुन् । ‘प्रतिस्पर्धा कडा हुने भएपनि कुनै दबाब विना म देखिनेछु’ कोच प्रमोदले भने ।

कोच राजुले पनि नयाँ प्रतिभाको उत्साहजनक सहभागिता यसमा भएको बताए । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले टिभीले युवा लक्षित सामग्री केन्द्रित कार्यक्रम ल्याउने बताए ।

यसपटक राजु र प्रमोदसहित मेलिना राई र खेम सेञ्चुरी कोचको रुपमा सहभागी छन् ।

‘दर्शकको रुचि र चाहनाअनुसार युवा लक्षित कन्टेन्ट ल्याउनमा हामी केन्द्रित छौं’ उनले भने । सो अवसरमा हिमालय टिभीका तर्फबाट अध्यक्ष धर्मराज भुसाल र प्रायोजकहरूले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सातौं सिजनको शीर्ष प्रायोजक भेसलिन रहेको छ । भेसलिनका प्रमुख वित्तिक अधिकृत आयुष शर्माले स्वस्थ आवाजजस्तै स्वस्थ छाला जरुरी रहेको बताए । ‘भ्वाइससँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं’ उनले भने ।

पहिलो एपिसोड रोचक देखियो । बुद्धि परियारको बहुचर्चित गीत ‘रेशम फिरिरी’लाई चारैजना कोचले गाउँदै सिजनको सुरुवात गरे । सातौं सिजनमा ‘सुपर ब्लक’ नामक नयाँ नियम ल्याइएको छ । यसको अर्थ, कुनै कोचलाई अर्को कोचले आफ्नो विशेषाधिकार प्रयोग गरेर कुर्सी उल्टो घुमाइदिएर प्रतिस्पर्धी छनोटमा रोक लगाउन सक्छ ।

पहिलो एपिसोडमा आफूले झुक्किएर ‘सुपर ब्लक’को बटन थिचेको कोच राजुले बताएका छन् । उनलाई यसबारे पत्रकारले पनि प्रश्न गरेका थिए । उनले झुक्किएर भन्ने जवाफ दिएका थिए ।

शुक्रबारदेखि ब्लाइन्ड अडिसन प्रसारण हुनेछ । त्यसपछि ब्याटलसहितका प्रतिस्पर्धामा शो अघि बढ्नेछ । द भ्वाइस अफ नेपालको सातौं सिजन हिमालय टिभीमा प्रत्येक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने जनाइएको छ ।

तस्वीर : शंकर गिरी /अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More