― Advertisement ―

यो $40 जीवनभर VPN सम्झौताको साथ प्रयोगकर्ता नाम भन्दा बाहिर आफ्नो WhatsApp सन्देशहरू सुरक्षित गर्नुहोस्

WhatsApp ले अन्ततः आफ्नो प्रयोगकर्तानामहरू रोल आउट गर्न थालेको छ — जो आफ्नो प्रयोगकर्ताहरूका लागि सुपरप्राइज गर्न चाहन्छन् फोन नम्बरहरू। तर नयाँ प्रकार्यले तपाईंको...
HomeLatest news‘भ्वाइस अफ नेपाल’ को इतिहासमा ६ जना महिला प्रतिस्पर्धी सेमीफाइनलमा

‘भ्वाइस अफ नेपाल’ को इतिहासमा ६ जना महिला प्रतिस्पर्धी सेमीफाइनलमा


राष्ट्रिय

समाचार.

  • ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनमा पहिलोपटक ६ जना महिला प्रतियोगी सेमीफाइनलमा प्रवेश गरेका छन्।
  • सेमीफाइनलमा ८ प्रतिस्पर्धी छन्, जसमा ६ महिला र २ पुरुष छन्।
  • फिनाले १४ फेब्रुअरीमा हुनेछ र ४ जना फिनालेमा प्रवेश गर्नेछन्, जसबाट एकजना विजेता घोषणा गरिनेछ।

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले अन्तिम ८ प्रतिस्पर्धी प्राप्त गरेको छ । सेमीफाइनल समीकरण पनि पूरा भएको छ ।

‘भ्वाइस’ अन्तर्गत नेपाल संस्करणको इतिहासमा पहिलोपटक ६ जना महिला प्रतिस्पर्धीले सेमीफाइनल यात्रा तय गरेका हुन् ।

भविका पुन, अञ्जना सारु मगर, सञ्जिता दूरा, पुनम गुरुङ, रञ्जिता विश्वकर्मा र नीताकुमारी मगर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

सेमीफाइनलमा पुग्ने पुरुष प्रतियोगीमा सागर संसार राई र कार्साङ शेर्पा मात्र छन् । शो निर्देशक लक्ष्मण पौड्यालका अनुसार भ्वाइसको इतिहासमा पहिलोपटक यति धेरै महिला प्रतियोगी सेमीफाइनलमा प्रवेश गरेका हुन् ।

सेमीफाइनलबाट ४ जना मात्र फिनालेमा प्रवेश गर्नेछन् । तीमध्येबाट एकजना उपाधि विजेता घोषित हुनेछन् । १४ फेब्रुअरीमा आयोजना हुने फिनाले शोमा उपाधि विजेता घोषणा गरिनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More