― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsभ्रष्टाचार, पत्रकारिता र जेनजी – KhabarHost

भ्रष्टाचार, पत्रकारिता र जेनजी – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी आन्दोलनले भ्रष्टाचार र बेथिति अन्त्य गर्ने लक्ष्य राख्दै सामाजिक सञ्जालमाथिको नियन्त्रण खोल्न माग गरेको थियो।
  • आन्दोलनका क्रममा सञ्चारमाध्यममाथि आगजनी, तोडफोड, पत्रकारमाथि दुर्व्यवहार र कुटपिटका घटनाहरू भएका थिए।
  • २०८२ मा ल्याइएको छापाखाना तथा प्रकाशन नियमावलीले प्रेस स्वतन्त्रतामा नकारात्मक प्रभाव पार्ने चिन्ता व्यक्त गरिएको छ।

जेनजी आन्दोलनको रापताप अझै सकिएको छैन । तत्काल सकिने लक्षण पनि देखिंदैन । नरसंहार र विध्वंससँगै छोटो समयमै सत्तापलट गराउन सफल यो विद्रोहको दुई मूल ध्येय थिए— बेथिति र भ्रष्टाचारको अन्त्य ।

शान्तिपूर्ण प्रदर्शनको तयारी भइरहेका बेला सत्ता मातमा लठ्ठिएको तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्दा जेनजीले नयाँ माग थपेको थियो— सामाजिक सञ्जालमाथिको नियन्त्रण खोल ।

सडकदेखि संसद्, नागरिक समाजदेखि आमसञ्चारमाध्यमसम्म यी विषयमा आवाज उठिरहेकै थिए । तर, राज्यले कान बन्द गर्‍यो, आँखा चिम्लियो । अन्तत: जिद्दी राजनीतिज्ञहरू सत्ताको कुर्सीबाट बेइज्जतपूर्वक भागाभाग गर्न बाध्य भए ।

यो त एउटा पाटो मात्रै हो । भ्रष्टाचार नियन्त्रण र बेथिति अन्त्यको नारा आजको होइन— यसको लामो इतिहास छ । अहिले यो आवाजलाई जेनजी पुस्ताले अग्रमोर्चाबाट उठाइरहेको छ । तर, यो पुस्ताले एउटा महत्वपूर्ण पक्ष चटक्कै बिर्सिएको छ— यो आवाजलाई बुलन्द पार्न पत्रकारिता जगतले पुर्‍याएको योगदान ।

आन्दोलनका बेला सञ्चार क्षेत्रमाथि नै आक्रमण भयो । ‘कान्तिपुर’, ‘अन्नपूर्ण पोस्ट्’ जस्ता सञ्चारमाध्यमका कार्यालयमा आगजनी गरियो । तिनको प्रकाशन–प्रसारण रोक्ने अवस्था सिर्जना गरियो । धेरै टेलिभिजन र रेडियो तत्कालका लागि प्रसारण बन्द गर्न बाध्य भए । संघीय राजधानी बाहिर पनि यही दृश्य देखियो । सञ्चारमाध्यम र पत्रकारका सवारी साधनमा आगजनी, तोडफोड, पत्रकारमाथि दुर्व्यवहार, धम्की र कुटपिटका घटनाहरू शृंखलाबद्ध रूपमा भए । केही पत्रकार राज्यले चलाएको गोलीको सिकार बने— ढले, घाइते भए । यी दृश्य नेपाली इतिहासमा दागका रूपमा चित्रित हुनेछन् ।

युवाहरूले भ्रष्टाचार र बेथितिबारे सचेत हुन र प्रतिवाद गर्न पत्रकारिताबाटै सूचना पाए । त्यहीबाट जागरुक बने र अन्तत: प्रदर्शनमा उत्रिए । तर, ती सूचनाका स्रोतमाथि नै अशोभनीय आक्रमण हुनु लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति गम्भीर प्रश्न हो ।

यदि जेनजी पुस्ता बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा उत्रिएको हो भने त्यो लय पत्रकार र सञ्चारमाध्यमकै स्वरमा प्रतिध्वनित भइरहेको थियो । नारा एउटै थियो, तर आक्रमण भने मिडियामाथि ?

युवाहरूले भ्रष्टाचार र बेथितिबारे बुझ्न, सचेत हुन र प्रतिवाद गर्न सूचना पनि पत्रकारिताबाटै पाए । उनीहरू त्यही सूचनाबाट जागरुक बने र अन्तत: प्रदर्शनमा उत्रिए । तर, ती सूचनाका स्रोतमाथि नै अशोभनीय आक्रमण हुनु लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति गम्भीर प्रश्न हो । अब यो पुस्ताले ढिलो–चाँडो यसबारे आफ्नो दृष्टिकोण स्पष्ट पार्नै पर्छ ।

हुनत जेनजी पुस्ताको आन्दोलनपछि बनेको सरकारले सञ्चार क्षेत्रबारे लिएको पहिलो निर्णयले नै नकारात्मक संकेत गरेको छ । छापाखाना तथा प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ मा ल्याइएका प्रावधान प्रेस स्वतन्त्रता र मिडिया प्रवर्द्धनका लागि घातक देखिएको छ । यो सच्चिएन भने जेनजीको मिडिया नीति यस्तै होला भनेर बुभ्न कुनै आइतबार कुर्नु नपर्ला । र, आन्दोलनमा मिडियामाथि भएको आक्रमणको रहस्य बुझ्न पनि मद्दत नै पुग्नेछ ।

पत्रकारिता र भ्रष्टाचार विरुद्धको लडाइँ

२०८१ सालमा प्रकाशित एक अध्ययनले यो तथ्य स्पष्ट पारेको छ कि सञ्चारमाध्यम निरन्तर रूपमा भ्रष्टाचार र बेथिति विरुद्ध लडिरहेको छ ।

उक्त अध्ययनले ‘कान्तिपुर’, ‘गोरखापत्र’ दैनिक, अनलाइनखबर, ई–कागज र लोकान्तर डटकममा २०७८ मंसिर ८ देखि पुस ८ र माघ १३ देखि फागुन १३ सम्म प्रकाशित २१५ वटा भ्रष्टाचार सम्बन्धी सामग्रीको विश्लेषण गरेको छ ।

लेखक- रामप्रसाद दाहाल

तीमध्ये ‘गोरखापत्र’मा ६०, ‘कान्तिपुर’मा २७, ‘अनलाइनखबर’मा ६१, ‘ई–कागज’मा ३६ र ‘लोकान्तर’मा ३१ सामग्री थिए ।

कुल १७० समाचार, २२ समाचार विश्लेषण र २ फिचर गरी १९४ समाचारमूलक सामग्री थिए । त्यसमा विचार १३, सम्पादकीय ७ र अन्तर्वार्ता १ प्रकाशित भएको पाइएको छ ।

‘भ्रष्टाचार र मिडिया’ शीर्षकको पुस्तकमा प्रकाशित यस अध्ययनले देखाउँछ— २०४६ सालपछि भएका १४ ठूला भ्रष्टाचार काण्ड मिडियाले नै सार्वजनिक गरेका हुन् । तीमध्ये धेरैमा दोषीहरूलाई कारबाहीमा सम्म पुर्‍याउन मिडियाको भूमिका निर्णायक रह्यो ।

यदि मिडियाले यी विषयहरू उजागर नगरेको भए, मुलुक अझ गहिरो दलदलमा फस्ने थियो । त्यसैले, स्वाभाविक रूपमा नेपाली पत्रकारिता र जेनजी बीच हातेमालो हुनुपर्ने हो ।

तर, राज्यका तीनै अंग— कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका— भ्रष्टाचार नियन्त्रणमा उदासीन हुँदा नेपालको अन्तर्राष्ट्रिय छवि निरन्तर ओरालो लागेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०२४ को भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा १०० मध्ये ३४ अंक प्राप्त गर्दै १८० देशमध्ये नेपाल १०७औं स्थानमा परेको छ । अघिल्लो वर्ष १०८औं स्थानमा रहेको नेपाल एक स्थान मात्र उक्लिए पनि, अंक भने घटेको छ— ३५ बाट ३४ ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकलाई ट्रान्सपरेन्सीले ‘अत्यधिक भ्रष्ट’ मुलुकको सूचीमा राख्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांकले पनि भ्रष्टाचार बढेको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो ६ महीनामै आयोगमा १५ हजारभन्दा बढी भ्रष्टाचार–सम्बन्धी उजुरी दर्ता भइसकेका छन् । गत वर्ष २७ हजार नयाँ र ९ हजार पुराना उजुरी थिए ।

आयोगको २०७५ सालको सर्वेक्षणमा सामेल गरिएका उत्तरदातामध्ये ३०.४ प्रतिशतले नीतिगत भ्रष्टाचार हुने बताएका थिए । २७.२ प्रतिशतले प्रक्रियागत, १० प्रतिशतले साना र ६.९ प्रतिशतले संस्थागत रूपमा भ्रष्टाचार हुने धारणा दिएका थिए । २३.१ प्रतिशतले राजनीतिक दलहरूलाई र १३.२ प्रतिशतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई नै नीतिगत भ्रष्टाचारका लागि जिम्मेवार देखाएका थिए ।

राजनीतिक नेतृत्व र माथिल्लो तहका कर्मचारीहरू आफ्नै लाभका लागि नीति–निर्माणमा हस्तक्षेप गर्छन् भन्ने सर्वेक्षणको निष्कर्ष थियो । तब त भनिन्छ नेपालमा भ्रष्टाचार ग्रीक दार्शनिक प्लेटोले आफ्नो पुस्तक ‘रिपब्लिका’मा ‘भ्रष्टाचारका लागि राजनीतिक संस्था पर्खाल पछाडिको वासस्थान जस्तै हुने’ भने झैं भयो । राजनीतिक तह भ्रष्ट हुँदा त्यसको दुष्प्रभाव सरकार, अदालत, संसद्, सेना, प्रहरी, अख्तियार आदि निकायमा नपर्ने कुरै भएन । यसमा कर्मचारीतन्त्रको संलग्नताको कुरा गरिसाध्य छैन ।

पत्रकारिता र जेनजी बीचको दूरी

प्लेटोका हरफ सम्झिंदा लाग्छ— जेनजी पुस्ताले मनुस्मृतिका वाक्यहरूलाई पनि प्रेरणाको स्रोत बनाएको छ । त्यहाँ भनिएको छ, ‘भ्रष्ट शासकलाई मतबाट हटाउन नसकिए जनताले बल प्रयोग गर्नुपर्छ ।’ शायद यही भावनाबाट प्रेरित भएर उनीहरूले विद्रोह गरे ।

आन्दोलनको एजेन्डा पत्रकारिताभन्दा टाढा थिएन र छैन । बेथिति र भ्रष्टाचार विरुद्धको आवाज उठाउने सशक्त माध्यम भनेकै आमसञ्चारमाध्यम हो ।

यदि मिडियाले यी विषयहरू उजागर नगरेको भए, मुलुक अझ गहिरो दलदलमा फस्ने थियो । त्यसैले, स्वाभाविक रूपमा नेपाली पत्रकारिता र जेनजी बीच हातेमालो हुनुपर्ने हो । दुर्भाग्यवश, आन्दोलनका क्रममा प्रेस जगतले त्यो सहकार्यको अनुभूति गर्न पाएन ।

लोकप्रियतावादी सिद्धान्तले नेपाललाई पनि नराम्ररी गाँजेको छ । यो लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निकै घातक सिद्ध हुन सक्छ ।

युवाको आक्रोश तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्दा भड्किएको थियो । त्यो निर्णयप्रति सञ्चारमाध्यमले पनि तीव्र असहमति जनाएका थिए । नेपाल पत्रकार महासंघले भदौ १९ गते नै वक्तव्य जारी गर्दै उक्त निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भनेर चेतावनी दिएको थियो । निरंकुशपथमा लम्किरहेको तत्कालीन सरकारले यस्ता आवाज सुनेन, फलत: आन्दोलनलाई यही विषयले मलजल मिल्यो ।

आन्दोलनपछि मुलुक नयाँ राजनीतिक कोर्समा पुगेको छ— निर्दलीय व्यक्तिहरूको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । निर्वाचित प्रतिनिधिसभा विघटन भइसकेको छ, जसले फेरि अध्यादेश–प्रधान शासन र प्रेसमाथिको नियन्त्रणको चिन्ता जन्माएको छ ।

अब यही सरकार र जेनजी पुस्ताले व्यवहारमै देखाउनुपर्छ— उनीहरू लोकतन्त्र, प्रेस स्वतन्त्रता र पारदर्शिताप्रति कटिबद्ध छन् ।

नीति–निर्माण र सिद्धान्तको उल्झन

नेपालमा पछिल्ला वर्षहरूमा सार्वजनिक नीति–निर्माणमा सम्भ्रान्त वर्गीय सिद्धान्त हावी देखिन्छ । राजनीतिक प्रणाली लोकतान्त्रिक भए पनि नीतिहरू सत्तासीन वर्गका स्वार्थमा तर्जुमा भइरहेका छन् । कतै लोकप्रियतावादको अंक पनि देखिएको छ । लोकप्रियतावाद र समूह सिद्धान्त एकसाथ अगाडि बढ्न सक्दैनन् ।

तर, नेपालमा अहिले लोकप्रियतावादको प्रभावले नीति–निर्माणको समूह सिद्धान्तलाई थिचोमिचोमा पारेको छ । लोकप्रियतावादी नेताहरूले नीति–निर्माणलाई आफ्नो लोकप्रियता बढाउने औजारका रूपमा प्रयोग गरिरहेका छन् ।

विश्वका विभिन्न लोकप्रिय नेताहरू— डोनाल्ड ट्रम्प, गिर्ट विल्डर्स, बेप ग्रिलो आदिले जस्तै नेपालमा पनि लोकप्रियतावादले संस्थागत प्रक्रिया र विवेकशील निर्णयप्रति अविश्वास बढाएको छ । सन् २०२३ मा भएको एक अध्ययनले लोकप्रियतावाद र बहुलवाद सँगै जान नसक्ने निष्कर्ष निकालेको छ ।

विश्वभरका लोकप्रियतावादी नेताले आफूमा मात्र जान्ने वा अद्वितीय क्षमता भएको, आफंैले जनताको चाहना बुझेको ठान्छन् । उनीहरू आफूलाई मात्र समुदायको वैधानिक प्रतिनिधि ठान्छन् । जसको उदाहरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनलाई जालसाजी भनेर निरन्तर दाबी गर्नु, डच संसद्लाई झुटो भनेर गिर्ट विल्डर्सले दाबी गर्नु, बेप ग्रिलोले इटलीको संसद्मा सिद्धान्तत: आफ्नो दलको शतप्रतिशत सिट रहेको भनेर दाबी गर्नु आदिलाई मानिएको छ  ।

पत्रकारिताले सत्य उजागर गर्छ, युवाले त्यसलाई आन्दोलन र नीति निर्माणमा रूपान्तरण गर्न सक्छन् । दुवैको हातेमालोले मात्र नेपाललाई पारदर्शी, उत्तरदायी र सुशासनको दिशातर्फ लैजान सकिन्छ ।

लोकप्रियतावादी सिद्धान्तले नेपाललाई पनि नराम्ररी गाँजेको छ । यो लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निकै घातक सिद्ध हुन सक्छ । अत: सचेत नागरिक र समूहले राज्य संयन्त्रलाई दाह्रोसँग खबरदारी गरिरहनु जरूरी छ ।

नेपालका केही नेताहरूले पनि हिरासतमा परेर आफूलाई ‘चोखो’ देखाउने, जिम्मेवार पदमा रहेर हिंसात्मक अभिव्यक्ति दिने, अनि त्यही लोकप्रियताको लहरमा ‘जन–नायक’ बन्ने प्रवृत्ति देखाएका छन् । यसरी लोकप्रियतावादको जालमा नीति–निर्माण प्रक्रियामै विकृति आउनु दुर्भाग्यपूर्ण छ ।

निष्कर्ष

जेनजी आन्दोलनले परिवर्तनको आँधी ल्याएको छ । यो आन्दोलनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र संस्थागत जिम्मेवारीलाई सम्मान गर्न सकेन भने, पुरानै निराशाको चक्र दोहोरिनेछ। भ्रष्टाचार र बेथिति विरुद्धको यो लडाइँमा पत्रकारिता र युवा पुस्ता सहयात्री बन्न जरूरी छ ।

पत्रकारिताले सत्य उजागर गर्छ, युवाले त्यसलाई आन्दोलन र नीति निर्माणमा रूपान्तरण गर्न सक्छन् । दुवैको हातेमालोले मात्र नेपाललाई पारदर्शी, उत्तरदायी र सुशासनको दिशातर्फ लैजान सकिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More