― Advertisement ―

‘यदि कसैले तपाईंको एआईको मेमोरीमा निर्देशनहरू वा नकली तथ्यहरू इन्जेक्ट गर्न सक्छ भने, तिनीहरूले तपाईंको भविष्यको अन्तरक्रियामा निरन्तर प्रभाव पाउँछन्’: माइक्रोसफ्टले चेतावनी दिन्छ कि...

माइक्रोसफ्टले नयाँ ट्याक्टिकको चेतावनी दिन्छ। आक्रमणकारीहरूले AI मेमोरीमा लुकेका निर्देशनहरू खरिद गर्ने सल्लाहलाई टाँस्छन्वास्तविक-विश्व प्रयासहरू पत्ता लगाइयो; सम्झौता गरिएका AI सिफारिसहरूमा आधारित महँगो निर्णयहरू...
HomeLatest newsभेनेजुएलामा अमेरिकी हस्तक्षेपको नेमकिपाद्वारा भर्त्सना, मदुरो दम्पत्तिलाई तत्काल छाड्न माग

भेनेजुएलामा अमेरिकी हस्तक्षेपको नेमकिपाद्वारा भर्त्सना, मदुरो दम्पत्तिलाई तत्काल छाड्न माग


राष्ट्रिय

समाचार.

  • नेपाल मजदुर किसान पार्टीले अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेप भर्त्सना गरेको छ।
  • नेमकिपाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइ गर्न माग गरेको छ।
  • नेमकिपाले अमेरिकालाई संयुक्त राष्ट्रसंघको बडापत्रको कदर गर्न आह्वान गरेको छ।

२० पुस, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेपको भर्त्सना गरेको छ ।

साथै नेमकिपाले शनिबार राति २ बजे आफ्नै देशबाट गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइ गर्न माग गरेको छ ।

पुस १८ र १९ गते बसेको नेमकिपाको केन्द्रीय परिषद् बैठकले भेनेजुएलामाथि आक्रमणको विरोध गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।

भेनेजुएलाको तेल खानी कब्जा गर्न जननिर्वाचित राष्ट्रपति मदुरोलाई सत्ताच्यूत गर्न अमेरिकी प्रशासन लागिपरेको नेमकिपाको आरोप छ ।

सोही कारण सन् २०११ देखि नै अमेरिकाले भेनेजुएलामाथि आर्थिक र व्यापारिक प्रतिबन्ध लगाउँदै आएको नेमकिपाको ठहर छ ।

भेनेजुएलामा भइरहेको सैन्य हस्तक्षेप तत्काल रोक्न सचेत गराउँदै नेमकिपाले अमेरिकालाई संयुत्त m राष्ट्रसंघको बडापत्रको कदर गर्न आह्वान गरेको छ ।





Read More