― Advertisement ―

HomeLatest newsभृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा (तस्वीरहरू)

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा (तस्वीरहरू)



१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ ।

भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।

मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् ।

माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् ।

 

माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् ।

तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More