― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsभूमि क्षयीकरणले अर्बौं प्रभावित, संयुक्त राष्ट्र संघले भन्यो ‘मौन संकट’

भूमि क्षयीकरणले अर्बौं प्रभावित, संयुक्त राष्ट्र संघले भन्यो ‘मौन संकट’


काभ्रे बेथानचोकका बासिन्दा बाढीले प्रभावित खेतमा काम गर्दै । फाइल फोटो



काठमाडौं । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले मानवीय गतिविधिका कारण भूमि क्षयीकरणको विकराल अवस्था सार्वजनिक गरेको छ ।

यसबाट भूमि क्षयीकरणमा कृषि उत्पादनमा ह्रास आएको र पारिस्थितिक प्रणालीको स्वास्थ्य बिग्रँदै गएको भन्दै एफएओले त्यसलाई ‘मौन संकट’ भनेको छ ।

संयुक्त राष्ट्र संघको निकाय एफएओले सोमबार भूमि क्षयीकरण सम्बन्धी नयाँ प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनमा लेखिएको छ, ‘भूमि क्षयीकरण केवल वातावरणीय मुद्दा मात्र होइन, बरु यसले कृषि उत्पादकत्वलाई हानि पुर्‍याउँछ, ग्रामीण जीविकोपार्जन प्रभावित गर्छ र खाद्य सुरक्षालाई पनि असर गर्छ ।’

प्रतिवेदन तयार पार्दा जग्गाको आकार, बाली उत्पादन जस्ता बुँदाहरूमा नवीनतम तथ्यांकको विश्लेषण गरिएको संयुक्त राष्ट्र निकायका विशेषज्ञहरूले बताएका छन् ।

प्रतिवेदनमा भूमिको दिगो उपयोग र राम्रो व्यवस्थापन तरिकाहरूमाथि पनि जोड दिइएको छ ताकि खाद्य उत्पादन र किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउँदै भूमि क्षयीकरणसँग सामना गर्न सकियोस् ।

प्राकृतिक कारणका साथै जंगल फँडानी, आवश्यकताभन्दा बढी पशुचौपाया चराउने र सिँचाइका गैर–दिगो तरिकाहरू अपनाउनाले पनि भूमि क्षयीकरणका भइरहेको र त्यसले दीर्घकालीन असर गरिरहेको विशेषज्ञहरुको भनाइ छ । त्यसैले उनीहरुले मानवीय गतिविधिलाई भूमि क्षयीकरणका लागि बढी जिम्मेवार ठानेका छन् ।

क्षयीकरण मापन गर्नका विभिन्न तथ्यांकहरुलाई मेसिन लर्निङ मोडेलको माध्यमबाट अध्ययन गरिएको थियो । त्यसबाट करिब १.७ अर्ब मानिसहरू मानवीय गतिविधिहरूका कारण भएको भूमि क्षयीकरणले उत्पादनमा १० प्रतिशतसम्म कमी ल्याएको ठाउँमा रहेको पत्ता लागेको छ ।

संख्याको हिसाबले एसियाली देशहरू सबैभन्दा बढी प्रभावित छन् जहाँ क्षयीकरण कहीँ बढी स्तरमा छ र जनसंख्याको घनत्व पनि बढी छ ।

नेपालको अवस्था के छ ?

एफएओको यस प्रतिवेदनमा नेपालबारे स्पष्ट उल्लेख छैन तर विभिन्न अध्ययन प्रतिवेदनहरुमा नेपालमा पनि भूमि क्षयीकरण र उब्जाउ जमिन खण्डित भएकोबारे उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सानोठिमी क्याम्पसका सहप्राध्यापक बलराम रायाको सन् २०२३ को एक रिपोर्ट अनुसार मध्य पहाडी भू–भागमा प्रति वर्ष माटो कटान दर ३८.४ टन प्रतिहेक्टरसम्म भएको उल्लेख छ ।

यसैगरी एमडीपीआई जर्नलमा प्रकाशित एक रिपोर्टमा नेपालको करिब ३१ लाख हेक्टर जमिन क्षयीकरणबाट कुनै न कुनै तरिकाले प्रभावित भएको उल्लेख छ ।  यो नेपालको कुल भूमि क्षेत्रको लगभग ११ प्रतिशत हुन आउँछ ।

एफएओले भूमि क्षयीकरणको विकराल अवस्थाका बीच भूमिको दिगो उपयोग, एकीकृत व्यवस्थापन प्रविधिहरू र आवश्यकताअनुसार तयार पारिएका नीतिहरूको माध्यमबाट कदमहरू चाल्न आह्वान पनि गरेको छ ।

त्यसका लागि बाली परिवर्तन, जलवायु अनुकूल खेति, भूमि व्यवस्थापन लगायतको विधिबाट मानवीय गतिविधिहरूका कारण हुने क्षयीकरणमा १० प्रतिशत कमी ल्याउन सकिन्छ । साथै प्रत्येक वर्ष १५ करोडभन्दा बढी अतिरिक्त मानिसहरूका लागि पर्याप्त खाद्यान्न उत्पादन गर्न सकिने उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More