― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsभीरमा खसेकी बालिकाको प्रहरीले गर्‍यो सकुशल उद्धार

भीरमा खसेकी बालिकाको प्रहरीले गर्‍यो सकुशल उद्धार


राष्ट्रिय

समाचार.

  • मकवानपुर प्रहरीले भीरबाट खसेर खोल्सामा अड्किएकी १४ वर्षीया रजना स्याङ्तानलाई सकुशल उद्धार गरेको छ।
  • उद्धार टोलीले डोरीको सहायताले रजनालाई बाँधेर बोकेर माथि निकालेको थियो।
  • स्थानीयले बालिकाको उद्धारपछि प्रहरीलाई धन्यवाद दिएका थिए।

९ मंसिर, काठमाडौं । भीरमा खसेर अड्किएकी बालिकालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल घर भएकी १४ वर्षीया रजना स्याङ्तान सोमबार राति करिब आठ बजे छबेली बजार जाने क्रममा खहरे खोलाको भीरबाट ५० मिटर तल खसेकी थिइन् ।

भीरबाट खस्ने क्रममा खोल्सामा अड्किएकी स्याङ्तानलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले उद्दार गरेको हो ।

उद्धार गर्ने क्रममा एक प्रहरी जवानले बालिकालाई डोरीले सुरक्षित रूपमा बाँँधेर आफूसँगै बोकेका थिए । माथि बसेका अन्य प्रहरीले डोरीको सहायताले दुवैलाई तानेर माथि निकालेका थिए ।

बालिकाको सकुशल उद्धारपछि स्थानीयले प्रहरीलाई अंकमाल गर्दै धन्यवाद दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More