― Advertisement ―

ह्याकरहरूले क्लाउड र ChatGPT को प्रयोग ‘आक्रामक क्षमतामा महत्त्वपूर्ण विकास’ मा सरकारी एजेन्सीहरू उल्लङ्घन गर्न, करोडौं नागरिक रेकर्डहरू लीक गर्न

Gambits रिपोर्ट क्लासमा लोकप्रिय उपकरण प्रयोग गरियो उल्लङ्घनClaude Code + GPT‑4.1 संचालित शोषण, स्क्रिप्ट, र RCEएकल आक्रमणकारीले करोडौं नागरिक रेकर्डहरू चोर्योठूला उद्यमहरूले चाँडै नै...
HomeLatest newsभीमफेदीमा बले र सीताको पहिलो भेट (तस्वीर) – KhabarHost

भीमफेदीमा बले र सीताको पहिलो भेट (तस्वीर) – KhabarHost


राष्ट्रिय

समाचार.

  • भीमफेदीमा म्यूजिक भिडियो ‘मिर्मिरेमा बासेको भाले’ को छायांकन बिहान ७ बजेदेखि साँझ ९ बजे सम्म सम्पन्न भयो।
  • गीत शिव हमालको शब्द र संगीतमा मदन ढकाल र देवी घर्तीको आवाज रहेको छ र भिडियोमा कलाकार सागर लम्साल र सुनिशा बजगाईंले पहिलोपटक सहकार्य गरे।
  • निर्देशक जेरी भण्डारीले भीमफेदीको प्राकृतिक परिवेश भिडियोमा समेट्न महत्वपूर्ण ठानेका छन् र युट्युब च्यानल टीएम म्यूजिक प्रोडक्सनमार्फत सार्वजनिक गर्ने तयारी छ।

भीमफेदी (मकवानपुर) । बिहान ६ बजे नै नजिकको डाँडामा मिर्मिरे घाम देखिन थाल्यो । त्यो दृश्यलाई कोही क्यामेरामा कैद गर्दैै थिए, कोही मेकअपको चटारोमा ।

केहिबेरमा कलाकार सागर लम्साल ‘बले’ र सुनिशा बजगाईं ‘सीता’ पनि मेकअपका लागी तयार भए । झण्डै ४० जनाको टिम यहाँस्थित सुपिङ गर्ज क्याम्प रिसोर्टमा साँझमा पुगेको थियो ।

बिहानैबाट म्यूजिक भिडियो छायांकन गर्नका लागि निर्देशक जेरी भण्डारीले युनिटलाई तयारी अवस्थामा राखेका थिए । बिहान ७ बजेबाट छायांकन सुरु भयो । सुरुमै गीतको थेगोले भन्छ :

‘मिरमिरेमा बासेको भाले,
हाँसी हाँसी मन चोर्‍यो मायाले ‘

यहि थेगोको दृश्यबाट सुरु भएको छायांकन रातको ९ बजे सकिन्छ । ‘मिर्मिरेमा बासेको भाले’ बोलको गीतको भिडियो छायांकनलाई सुटिङ युनिट त्यहाँ पुगेको थियो ।

शिव हमालको शब्द र संगीत रहेको गीतमा मदन ढकाल र देवी घर्तीको आवाज छ । मौलिकपन बोकेको गीत भएकाले गाउँको परिवेशलाई समेट्नका लागी भीमफेदी नै पुगेको भिडियो निर्देशक जेरीले बताए ।

‘यो ठाउँ निकै सुन्दर छ, धेरै म्युजिक भिडियोमा यहाँका ठाउँ कैद भएका छैनन । वरिपरीको डाँडा र बिचको सुन्दर भीमफेदीले हामीलाई लोभ्यायो’ उनले भने ।

गीतको भिडियोमा सागर र सुनिशाले पहिलोपटक सहकार्य गरेका हुन् । उनीहरुले थुप्रै म्युजिक भिडियोमा काम गरेका छन् तर जोडीको रुपमा पहिलोपटक सँगै काम गर्दा एकअर्कालाई राम्रोसँग चिन्ने मौका पाएको बताए ।

‘हामी एकअर्कालाई चिन्छौं तर सँगै म्यूजिक भिडियोमा काम गर्ने अवसर जुरेको थिएन’ कलाकार लम्सालले भने, ‘सुनिशा निकै सहज र सरल व्यक्ति लाग्यो ।’

कलाकार सुनिशाले पनि सागरलाई कहिँकतै भेटेको तर काम गर्ने अवसर नमिलेको बताइन् । उनले भनेकी छिन्, ‘मैले चिनिरहेको भएकाले पनि होला, पहिलेदेखि नै काम गरिरहे जस्तो भयो । खुसी लाग्यो ।’

भिडियोमा बले र सीता क्यारेक्टरलाई पनि उतारिएको छ । ‘सक्किगो नी’मा बले क्यारेक्टर र ‘सीता’ सिरियलमा सीता क्यारेक्टरबाट मन पराइएको पात्रलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गायक मदन ढकालले यो गीतलाई आशालाग्दो प्रोजेक्टको रुपमा हेरेको बताए । उनले यसअघि दर्जन बढी गीत गाइसकेका छन् । २०६२ सालदेखि सक्रिय शिव हमालले आफूले स्टेजमा छनोट गरेर गाउने गीतको सूचीमा यो पनि पर्ने बताउँछन् ।

गीतलाई युट्युब च्यानल टीएम म्यूजिक प्रोडक्सनमार्फत सार्वजनिक गर्ने तयारी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More