― Advertisement ―

HomeLatest newsभारतका प्रियांक पान्चालले कर्णाली याक्सबाट एनपीएल खेल्ने

भारतका प्रियांक पान्चालले कर्णाली याक्सबाट एनपीएल खेल्ने


राष्ट्रिय

समाचार.

  • भारतीय क्रिकेटर प्रियांक पान्चालले कर्णाली याक्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • कर्णाली याक्सले रणजी ट्रफी खेलिसकेका प्रियांकलाई ब्याटिङ बलियो बनाउने योजनासहित अनुबन्ध गरेको छ।
  • एनपीएलको दोस्रो संस्करण आउँदो सोमबारदेखि सुरु हुँदैछ र कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा निरन्तरता दिएको छ।

२७ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर प्रियांक पान्चालले कर्णाली याक्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

कर्णालीले बिहीबार विज्ञप्ति जारी गरेर प्रियांकलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय प्रियांकले भर्खरै हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि खेलेका थिए ।

उनले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन् । टी–२० तर्फ ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियांकलाई अनुबन्ध गरेका हौं’ निर्देशक घिमिरेले बताए, ‘प्रियांकको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ।’

यसअघि कर्णाली याक्सले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ डाउड पहिलो पटक कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् ।

पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण आउँदो सोमबारदेखि सुरु हुँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More