― Advertisement ―

‘तपाईले सिक्न सक्ने सबै भन्दा राम्रो सीप भनेको सिक्न सिक्नु हो… तपाईले जे सिकेको छ त्यो अब अर्को 40 वर्षको लागि राम्रो छ भनेर...

AWS CEO मा उसको Garman मा साझा गर्नुहोस्। भविष्यGarman ले "हरेक" कम्पनी र जागिरमा ठूला परिवर्तनहरूको भविष्यवाणी गर्दछसीईओ भन्छन् कि युवा कर्मचारीहरूले निरन्तर अनुकूलन...
Homeअन्तर्राष्ट्रियभारतका पूर्वक्रिकेटर अजहरूद्दीन तेलंगाना सरकारमा मन्त्री

भारतका पूर्वक्रिकेटर अजहरूद्दीन तेलंगाना सरकारमा मन्त्री



१४ कात्तिक, काठमाडौं । भारतका पूर्वक्रिकेटर मोहम्मद अजहरुद्दीनलाई तेलंगाना सरकारमा मन्त्री बनाइएको छ । अजहरुद्दीनलाई तेलंगानाका राज्यपाल जिष्णुदेव बर्माले शुक्रबार शपथ खुवाएका छन् ।

तेलंगाना सरकारको वेबसाइटका अनुसार वर्तमान सरकारमा मन्त्रीका रूपमा अजहरभन्द अघि कुनै मुस्लिम अनुहार थिएन । विपक्षीले अजहरुद्दीनलाई मन्त्री बनाइनुको कारण तेलंगानामा हुन गइरहेको जुबली हिल्स विधानसभा उपचुनावसँग जोडेका छन् ।

मोहम्मद अजहरुद्दीन क्रिकेट मैदानमा आफ्नो शानदार फिल्डिङ र ब्याटिङका लागि प्रख्यात थिए । उनले भारतीय टिमको कप्तानी पनि गरिसकेका छन् ।

अजहरले ९९ टेस्ट म्याचमा ४५ भन्दा बढीको औसतमा ६ हजार २१५ रन बनाएका थिए । उनले ३३४ एक दिवसिय खेलमा झण्डै ३७ को औसत दरमा ९ हजार ३७८ रन जोडेका थिए ।

क्रिकेट छोडेपछि अजहरुद्दीन राजनीतिमा उत्रिएका थिए । उनी उत्तर प्रदेशको मुरादाबाद सिटबाट कांग्रेसको टिकटमा सन् २००९ मा सांसद बनेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More