― Advertisement ―

Homeराष्ट्रिय समाचारभर्जिनियामा पनि ट्रम्पको पार्टी पराजित, पहिलो पटक महिला गभर्नर निर्वाचित

भर्जिनियामा पनि ट्रम्पको पार्टी पराजित, पहिलो पटक महिला गभर्नर निर्वाचित


राष्ट्रिय

समाचार.

  • अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।
  • स्पानबर्गर आगामी जनवरीमा पदभार ग्रहण गरी भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन्।
  • स्पानबर्गरको प्रचार अभियान ट्रम्पविरोधी थियो र उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिबाट जोगाउने प्रतिबद्धता जनाएकी थिइन्।

१९ कात्तिक, काठमाडौं । अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्।

उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।

स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि भयो। मतगणनाको सुरुदेखि नै उनी अग्रस्थानमा थिइन्। स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीनपटक अमेरिकी कांग्रेस सदस्य रहिसकेकी छिन्।

उनी आगामी वर्ष जनवरीमा पदभार ग्रहण गर्नेछिन् र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन्। यसअघि यो पदमा ७४ जना पुरुष रहिसकेका छन्।

स्पानबर्गरको प्रचार अभियान पूर्ण रूपमा ट्रम्पविरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

उनकी प्रतिस्पर्धी सियर्सले आफैँलाई ट्रम्प समर्थकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिन्, तर उनलाई पर्याप्त सहयोग वा वित्तीय सहायता प्राप्त भएन। चुनावको अन्तिम चरणमा ट्रम्पले पनि केवल सामान्य समर्थन मात्र दिएका थिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More