― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeखेलकुद़़भदौ २३ मा दमन गर्ने ओली सरकारमाथि कारबाही हुनुपर्छ : मोहनविक्रम –...

भदौ २३ मा दमन गर्ने ओली सरकारमाथि कारबाही हुनुपर्छ : मोहनविक्रम – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्।
  • सिंहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमनमा प्रयोग भएको गोली प्रहरीको नभएको प्रमाण पेश गर्नुपर्ने उल्लेख गरेका छन्।
  • सिंहले जेन-जी आन्दोलनमा व्यापक घुसपैठ भएको र अमेरिकी भूमिकाको आरोप लगाउँदै संसद पुनर्स्थापना नभए चुनावमा भाग लिने बताए।

१४ कात्तिक , बुटवल । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले भदौ २३ को जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।

प्रगतिशील पत्रकार संघले बुटवलमा गरेको पत्रकार सम्मेलनमा सिंहले जेन-जी आन्दोलनमा राज्य शक्तिको अनावश्यक प्रयोग र नरसंहार भएको बताए ।

आन्दोलनमा चलेका गोली प्रहरीको नभएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे ओलीले प्रमाण पेश गर्नु पर्ने बताए ।

‘ओलीले अहिलेसम्म कुनै प्रमाण देखाएको देखिदैन, त्यसकारण २३ गतेको दमनको लागि जिम्मेवार ओली सरकार वा जिम्मेवार व्यक्तिहरूमाथि आवश्यक छानविन गरेर कारबाही गर्नु पर्दछ’ – महामन्त्री सिंहले भने ।

भदौ २३ र २४ गतेको जेनजीको आन्दोलन देशमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्ध नयाँ युवाहरूको न्यायपूर्ण र शान्तिपूर्ण आन्दोलन भएपनि त्यसमा व्यापक घुसपैठ गरिएको सिंहले बताए ।

२४ गते देशव्यापी रूपमा केही घण्टामा नै तोडफोड, आगलागी र ध्वंसात्मक कार्यहरू गर्न जेनजीहरूको लागि सम्भब नै नभएको तर्क गर्दै उनले ध्वंसबारे छानविन गरेर आवश्यक कारबाही गर्नुपर्ने तर्क गरे ।

महामन्त्री सिंहले अहिलेको अन्तरिम सरकार अवैधानिक भएको जिकिर गरे । तर संसद पुनर्स्थापना नभएर चुनाव भए चुनावमा भाग लिने स्पष्ट पारे । सिंहले जेन-जी आन्दोलनका पछाडि अमेरिकाको भूमिका भएको आरोप लगाए ।

दलाई लामाले अहिलेको सरकारलाई शुभकामना त्यसको प्रमाण भएको उनले तर्क गरे । दलहरूको नेतृत्व परिवर्तन र पुस्तान्तरण का विषयमा पत्रकारको जिज्ञासामा उनले यसलाई स्वीकार गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More