― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeमनोरन्जन‘ब्ल्याकपिंक’ स्टार लिसा डिज्नीको ‘ट्याङ्गल्ड’ मा रापुन्जेलको रोलमा देखिने

‘ब्ल्याकपिंक’ स्टार लिसा डिज्नीको ‘ट्याङ्गल्ड’ मा रापुन्जेलको रोलमा देखिने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • के-पप ब्याण्ड ब्ल्याकपिंककी लिसाले डिज्नीको एनिमेटेड फिल्म ट्याङ्गल्डको लाइभ-एक्सन रूपान्तरणमा रापुन्जेलको भूमिका पाउन सक्ने सम्भावना छ।
  • लिसाले द ह्वाइट लोटस सिजन ३ बाट अभिनयमा डेब्यू गरिन् र उनको अर्को फिचर परियोजनामा देखिने सम्भावना छ।
  • हलिउड कास्टिङ स्रोतका अनुसार रापुन्जेलको भूमिकाका लागि लिसासहित धेरै नामहरू छानिँदैछन् र निर्माण कम्पनीले टिप्पणी गरेको छैन।

सियोल । के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ स्टार गायिका लिसाको नजर अहिले हलिउड फिल्मतिर सोझिएको छ । यी थाई गायिका, र्‍यापर, नृत्यांगना र अभिनेत्री अहिले मनोरञ्जन उद्योगमा नयाँ खबरले चर्चामा छिन् ।

यस पटक, उनको चर्चा हलिउडसँग जोडिएको छ । सम्भवतः उनी डिज्नी स्टार बन्न सक्छिन् । हलिउड स्रोतहरूका अनुसार, ब्ल्याकपिंककी यी सदस्य एनिमेटेड फिल्म ‘ट्याङ्गल्ड’मा चर्चित राजकुमारी रापुन्जेल बन्ने सम्भावनाको संघारमा छिन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमले लिसाको सम्भावित हलिउड फिचर डेब्यूबारे समाचार लेखेका छन् । यदि यसो हो भने, आश्चर्य नमान्दा हुन्छ ।

हुन त ‘द ह्वाइट लोटस’ सिजन ३ बाट उनले अभिनयमा डेब्यू गरिन् । जहाँ उनले धूर्त होटल व्यवसायी मुकको भूमिका निर्वाह गरेकी थिइन्, लिसा आफ्नो अर्को फिचर परियोजनामा देखिने सम्भावना छ ।

डिज्नी फिल्म ‘ट्याङ्ल्ड’को बहुप्रतिक्षित लाइभ-एक्सन रूपान्तरणमा रापुन्जेलको भूमिकाको लागि उनलाई विचार गरिएको बताइएको छ ।

राहेल जेग्लर र ग्याल ग्याडोट अभिनित ‘स्नो ह्वाइट’ रिमेकले सफलता पाउन नसकेपछि स्टुडियोले हाइ–प्रोफाइल स्टारलाई दर्शकमाझ ल्याउन पहल गरिरहेको देखिन्छ । यसका लागि लिसा उत्तम छनोट हुन् ।

यदि यो सत्य हो भने, ‘ट्याङ्गल्ड’ मा अभिनय गर्नाले उनको हलिउडको करिअर अझै चम्किन सक्छ ।

हलिउड कास्टिङ स्रोतका अनुसार, रापुन्जेलको भूमिकाका लागि धेरै नामहरू छानिँदैछन्, जसमा सारा क्याथरिन हुक, एमी लू वुड, चार्लोट ले बोन, सिड्नी स्वीनी र लिसा समावेश छन् ।

अहिलेसम्म, निर्माण कम्पनीले सम्भावनाको बारेमा टिप्पणी गरेको छैन । अर्कोतर्फ, अभिनेत्री स्कारलेट जोहानसनलाई आमा गोथेलको भूमिकाको लागि छनोट गरिएको थियो । गोथेल अर्थात रापुन्जेललाई टावरमा कैद गर्ने दुष्ट महिला ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More