― Advertisement ―

सोमबार, अप्रिल १३ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #771)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsबैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ – KhabarHost

बैतडीमा ट्रमा सेन्टर सञ्चालनमा ढिलाइ – KhabarHost


राष्ट्रिय

समाचार.

  • बैतडीको पाटन नगरपालिका–८ मा ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन।
  • जनशक्ति र उपकरण अभावका कारण ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको स्वास्थ्य शाखा प्रमुख महराले बताए।
  • स्थानीय र सङ्घीय सरकारको संयुक्त लगानीमा ६० लाख रुपैयाँमा भवन निर्माण भए पनि एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था हुन बाँकी छ।

११ मंसिर, बैतडी। बैतडीस्थित ट्रमा सेन्टर सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका–८ खोड्पेस्थित ट्रमा सेन्टरका लागि निर्माण गरिएका संरचना प्रयोगविहीन बनेका छन् ।

जनशक्ति र उपकरण अभावमा ट्रमा सेन्टर सञ्चालनमा आउन नसकेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

सडक दुर्घटनाका घाइते तथा अन्य विपद्मा परेर घाइते भएकाको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको हो ।

‘भौतिक संरचना निर्माण गरिए पनि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

नगरपालिका आफैँले छुट्टै जनशक्ति भर्ना र उपकरण खरिद गरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन’, महराले भने, ‘प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेका छौँ।’

स्थानीय तहको १० लाख र सङ्घीय सरकारको ५० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ संयुक्त लगानीमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको हो । २०७९ सालमा भवन निर्माण भएको थियो।

‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्सन्ट्रेटर’, ‘प्यासेन्ट मोनिटर’ र १५ ओटा ‘बेडसिट’ ट्रमा सेन्टरमा छन्।

एक वर्षअघि खानेपानी र विद्युत् जडान भइसकेको छ । एक्सरे मेसिन र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नसके सञ्चालनमा ल्याउन सकिने स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More