― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsबैंकका दु:ख– पाकेको ब्याज आधाजसो उठेन, एउटैको डेढ अर्बसम्म

बैंकका दु:ख– पाकेको ब्याज आधाजसो उठेन, एउटैको डेढ अर्बसम्म


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा १३ अर्ब १४ करोड रहेको छ जसमा ७ अर्ब ३० करोड उठ्न बाँकी ब्याज समावेश छ।
  • बैंकहरूको उठ्न बाँकी ब्याज गत आवको पहिलो त्रैमासको ३ अर्ब ११ करोडबाट चालु आवमा दोब्बर बढेर ७ अर्ब ३० करोड पुगेको छ।
  • कोरोना महामारी, आर्थिक मन्दी र जेनजी आन्दोलनले कर्जाको साँवाब्याज असुलीमा समस्या ल्याएको पूर्वबैंकर भुवनकुमार दाहालले बताए।

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासको वाणिज्य बैंकहरूले देखाएको खुद नाफामा धेरै हिस्सा उठ्दै नउठेको ब्याजको रहेको छ । बैंकहरूको १३ अर्ब १४ करोड खुद नाफामा ७ अर्ब ३० करोड उठ्न बाँकी हो ।

बैंक तथा वित्तीय संस्थाले विवरण तयार गर्दा नेपाल वित्तीय प्रतिवेदन मान अनुसार गर्छन् । यो प्रणाली अनुसार वित्तीय विवरण तयार गर्दा बैंक तथा वित्तीय संस्थाले उठ्न बाँकी ब्याजलाई पनि आम्दानीमा सामेल गर्न पाउने व्यवस्था छ । तर, यसरी सामेल गरिएको आम्दानीलाई नियामकीय समायोजना मार्फत घटाउने अभ्यास छ ।

चालु आव पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको उठ्न बाँकी ब्याज ७ अर्ब ३० करोड ८६ लाखमात्र छ । यो रकम गत आव सोही अवधिको तुलनामा दोब्बरले धेरै हो । गत आव २०८१/८२ पहिलो त्रैमाससम्म बैंकहरूको उठ्न बाँकी ब्याज ३ अर्ब ११ करोड ९६ लाख थियो ।

चालु आव पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा १३ अर्ब १४ करोड रुपैयाँ छ । उक्त अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याज ७ अर्ब ३० करोड पनि सोही नाफामा समावेश छ । बैंकहरूको खुद नाफामा उठ्न बाँकी ब्याज रकमको हिस्सा ५५.५७ प्रतिशत छ ।

 

तर, गत आव सोही अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याज खुद नाफाको १९ प्रतिशत थियो । गत आव पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा १६ अर्ब १८ करोड थियो । उक्त अवधिमा बैंकहरूको उठ्न बाँकी ब्याज ३ अर्ब ११ करोड रुपैयाँ थियो ।

कोरोना महामारी, आर्थिक मन्दी तथा जेनजी आन्दोलनले बैंकहरूको कर्जाको सावाँब्याज असुली जटिल अवस्थामा पुगेको छ । कर्जाको साँवाब्याज उठ्न नसक्दा समग्र वित्तीय क्षेत्रको खराब कर्जा पनि बढेको छ ।

त्यसैगरी बैंकहरूले खराब कर्जा घटाउन धितो सकार गर्दा गैरबैंकिङ सम्पत्ति पनि बैंक तथा वित्तीय संस्थामा थुप्रिन थालेको छ ।

बैंकहरूको उठ्न बाँकी ब्याज बढ्नु भनेको बैंकिङ क्षेत्रकै लागि सकारात्मक नभएको पूर्वबैंकर भुवनकुमार दाहालले बताए । कोरोना महामारीपछिको आर्थिक मन्दीका कारण बैंकहरूको कर्जाको साँवाब्याज उठ्न सकेको थिएन । त्यो समस्या सहज नहुँदै गत भदौमा भएको जेनजी आन्दोलनले कर्जाको साँवाब्याज नउठ्न मद्दत गरेको दाहालको भनाइ छ ।

‘जेनजी आन्दोलनका कारण क्षति पुगेका उद्योग तथा व्यवसायको चक्रीय प्रभावका कारण पनि चालु आव पहिलो त्रैमासमा उठ्न बाँकी ब्याज बढेको हो,’ उनले भने, ‘चाडबाडको समय पनि भएकाले ब्याज असुलीमा कमी आएको हुन सक्छ, बैंकहरूको अवस्थाबारे आर्थिक वर्षको पहिलो त्रैमासलाई हेरेर अनुमान गर्दा आगामी दिनमा सुधार आएका फरक पर्ने भएकाले हतार गर्न हुँदैन ।’

आगामी पुससम्मको तथ्यां नहेरी बैंकिङ क्षेत्रको विश्लेषण गर्न सहज नहुने उनले बताए । ‘कात्तिकमा कर्जा मागसँगै ब्याज पनि उठ्ने क्रममा सुधार आएको हुनाले आगामी दिनमा सुधार हुने देखिन्छ,’ दाहालले भने ।

बैंकहरूको उठ्नुपर्ने ब्याज बढेका कारण वितरणयोग्य नाफामा सामान्य सुधार आएको छ । बैंकहरूको कुल वितरणयोग्य नाफा उठ्नुपर्ने ब्याज घटाएपछि मात्र आउँछ ।

चालु आव पहिलो त्रैमासमा बैंकहरूको वितरणयोग्य नाफा १४ अर्ब ३८ करोड पुगेको छ । गत आव सोही अवधिमा बैंकहरूको वितरणयोग्य नाफा १२ अर्ब ५२ करोड थियो ।

चालु आव पहिलो त्रैमासमा कुमारी बैंकको उठ्न बाँकी ब्याज सबैभन्दा धेरै छ । चालु आव असोजसम्म मात्रै बैंकको उठ्न बाँकी ब्याज १ अर्ब ५४ करोड रुपैयाँ छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको उठ्न बाँकी ब्याज ६८ करोडभन्दा धेरै छ ।

चालु आव पहिलो त्रैमासमा बक्यौता ब्याज कुनै पनि बैंकले उठाउन सकेको छैन । गत आव सोही अवधिमा माछापुच्छ«े बैंकले १ करोड १७ लाख रुपैयाँ बक्यौता ब्याज उठाएको थियो । चालु आव पहिलो त्रैमासमा २० मध्ये १६ बैंकको उठ्न बाँकी ब्याज गत आव सोही अवधिको तुलनामा बढेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More