राष्ट्रिय
समाचार.
- नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश प्रस्थान गरेका छन्।
- सन्दीपलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
- सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको छ र उनले बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट ६ खेलमा ४ विकेट लिएका थिए।
७ पुस, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश प्रस्थान गरेका छन् ।
उनलाई एनपीएल फ्रेन्चाइज टिम विराटनगर किङ्सका टिम डिरेक्टर दिपेन्द्र चौधरी र टिम म्यानेजर विजय धितालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।
सन्दीपलाई यस सिजन राजशाही वारियर्सले अनुबन्ध गरेको थियो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् ।
सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए ।
सन्दीप लामिछानेको कप्तानीमा भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

