― Advertisement ―

Homeमनोरन्जनबालगायक अशोक दर्जीको प्रेरक कथा – KhabarHost

बालगायक अशोक दर्जीको प्रेरक कथा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ।
  • ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ।
  • ‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ।

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

३ मिनेट १३ सेकेन्डको ट्रेलरमा दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । बालकको रुपमा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु हुन्छ ।

एक मनकारीले उनलाई आश्रय दिन्छन् र पढाउँछन् । उनको गायन करिअरलाई पनि मलजल गर्छन् । समयको क्रममा उनले करिअरसँगै सांगीतिक सफलता पाउँछन् ।

यसबाहेक, काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । उनकै कथा र संगीत निर्देशन समेत रहेको यो फिल्मको ट्रेलर कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ ।

दर्जीको प्रेरणादायी कथाले दर्शकलाई प्रेरित गर्ने ठानिएको छ । फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ ।

टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्मातामा मिनु शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता छन् ।

टीकाराम बुढाथोकी क्रिएटिभ निर्देशक हुन् । निर्माताले फिल्मलाई ‘हिरोदेखि जिरोसम्मको कथा’ भएको बताएका छन् ।

‘मनबिनाको धन’ फिल्म २१ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More