― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeराष्ट्रिय समाचारबाढीपीडितलाई राहत माग्दै आजपाले बुझायो ज्ञापनपत्र

बाढीपीडितलाई राहत माग्दै आजपाले बुझायो ज्ञापनपत्र


राष्ट्रिय

समाचार.

  • आम जनता पार्टीले बाढीपीडित किसान र सर्वसाधारणलाई राहत तथा मुआब्जा उपलब्ध गराउन सरकारसंग माग गरेको छ।
  • आजपाले रौतहट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाएर न्याय र राहतको माग गरेको छ।
  • आजपाले बाढीपीडितलाई न्याय र किसानलाई मुआब्जा नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

१७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुआब्जा उपलब्ध गराउने सरकारसंग माग गरेको छ ।

आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌ कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुआब्जा उपलब्ध गराउन माग गरेको हो ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुआब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

आजपा निकट आम उद्योग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन टोली गएको थियो । त्यसक्रममा उनीहरूले आफूहरूको माग यथाशीघ्र सम्बोधन गर्न भनेका छन् ।

हालैको बाढी र अविरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका थिए । धेरै किसानहरूको खेतबारी, बालीमा क्षति भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More