― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsबाजुराका ८ स्थानबाट निर्वाचन प्रहरीलाई तालिम – KhabarHost

बाजुराका ८ स्थानबाट निर्वाचन प्रहरीलाई तालिम – KhabarHost


फाइल तस्वीर



१८ माघ, बाजुरा । बाजुराका लागि छनोट भएका निर्वाचन प्रहरीलाई जिल्लाका ८ स्थानबाट तालिम दिइने भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीहरूलाई ८ स्थानबाट आइतबारदेखि तालिमको व्यस्था मिलाइएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

हवारीका अनुसार ९ सय ६४ जना निर्वाचन प्रहरीका लागि जिल्लाका ८ स्थानबाट तालिम दिइने व्यवस्था मिलाइएको हो ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाजुरा मार्तडीमा ४ सय ४४, इलाका प्रहरी कार्यालय बुढीनन्दामा ९९, इलाका प्रहरी स्वामीकार्तिकमा ९५, गौमुलमा ५१, प्रहरी चौकी बार्जुगार्डमा एक सय ४, टाँटेमा ७९, मौरेमा ३५ र अस्थायी प्रहरी पोष्ट आटीचौरमा ५७ जनालाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल गुल्म बाजुरामा आवेदन दिएर उत्तीर्ण भएका ९६ जना उम्मेदवारलाई पनि सशस्त्र प्रहरीले सदरमुकाम मार्तडीमै तालिम दिने जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहीत वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि बाजुरामा एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।





Read More