― Advertisement ―

HomeLatest newsबागमती प्रदेशबाट दंगाल र देवकोटा राष्ट्रिय सभामा निर्वाचित

बागमती प्रदेशबाट दंगाल र देवकोटा राष्ट्रिय सभामा निर्वाचित



११ माघ, हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बागमती प्रदेशमा रिक्त दुई पदको लागि आइतबार हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगाल र नेपाली कांग्रेसकी गीता देवकोटा विजयी भएका हुन् ।

दंगालले प्रदेशसभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार र स्थानीय तहतर्फ १६२ मत सहित ३ हजार ७८ गरी कुल ६ हजार २०५ मतभार पाए ।

देवकोटाले प्रदेशसभा तर्फबाट ६० मतसहित ३ हजार १८० मतभार पाइन् । त्यस्तै, स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ५९ मतभार गरी देवकोटाले कुल ६ हजार २३९ मतभार पाइन् ।

राष्ट्रिय सभा सदस्यका लागि गत २३ पुसमा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट मनोनयन दर्ता भएको हो ।

नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दिएका थिए । नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछे प्रतिस्पर्धामा थिए ।

नेकपाका उम्मेद्वार सरोजकुमारी झाले २ हजार ५२२ मतभार र नेमकिपाकी कविता महर्जनले १९७ मतभार पाइन् । अन्यतर्फ नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार र नेमकिपाका विक्रम ढुकुछुले १९७ मतभार पाए ।

बागमती प्रदेशसभाका ८९ जना सदस्य र स्थानीयतर्फ स्थानीय तहका २२९ जना प्रमुख र उपप्रमुख गरी ३१८ जनाले मतदानमा सहभागिता जनाएका थिए ।

प्रदेश सभातर्फ चार हजार ७१७ मतभार खसेको थियो भने स्थानीयतर्फ चार हजार ३५१ मतभार खसेको थियो । कूल ९ हजार ६८ मतभार खसेको थियो ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले उक्त रिक्त हुने पदका लागि निर्वाचन भएको हो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका ११० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कूल ३४८ जना मतदाता रहेका थिए ।

मतभारका हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५२२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८३० गरी जम्मा १० हजार ३५२ मतभार छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More