― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeराष्ट्रिय समाचारबहादुरसिंह लामा – KhabarHost

बहादुरसिंह लामा – KhabarHost


फाइल फोटो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले मंसिरभित्र महाधिवेशन गर्ने कार्यतालिका निकाल्नुपर्ने बताए।
  • लामाले क्रियाशील सदस्यता नवीकरण र वितरणको काम नसकिएको र पार्टी मिल्न सबैले त्याग गर्नुपर्ने बताए।
  • उनले यथास्थितिबाट पार्टी अघि बढे चुनावमा कोही टिकट लिन तयार नहुने दाबीसमेत गरे।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले कार्यतालिका नआउँदै नियमित कि विशेष महाधिवेशन भनेर गफ गर्न जरूरी नरहेको बताएका छन् ।

सानेपामा बिहीबारबाट फेरि सुचारू भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले कार्यतालिका निकालेर मात्रै केन्द्रीय कार्यसमितिको म्यान थप्ने/नथप्ने बारे छलफल गर्नुपर्ने बताए ।

‘मंसिरभित्र महाधिवेशन गर्ने गरी तालिका निकालौं अनि म्याद थप गर्ने नगर्ने भन्ने कुरा हुन्छ त । अहिलेदेखि विशेष महाधिवेशन गर्छु भनेर हुन्छ र ?,’ प्रश्न गर्दै लामाले भने, ‘क्रियाशील सदस्यता नवीकरण र वितरणको काम किन गराउन नसकेको ?’

उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने गरिए पनि कसैले कुनै त्याग गर्न नसकेको बताए । ‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ,’ लामाले भने, ‘यति भएमात्र नेपाली कांग्रेस रहन्छ ।’

महाधिवेशन नगरे कांग्रेस पार्टी संकटमा पर्ने भन्दै नियमित वा विशेष जे महाधिवेशन गरे पनि हुने उनको भनाइ थियो । ‘महाधिवेशन चाँडोभन्दा चाँडो गर्न आग्रह गर्छु,’ लामाले भने ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री लामाले यथास्थितिबाटै पार्टी अगाडि बढे आशन्न चुनावमा कोही पनि टिकट लिन तयार नहुने दाबीसमेत गरे ।

‘यथास्थितिमा जाने हो भने चुनावमा कसैले टिकट लिँदैन । गाउँ ठाउँमा पुग्नुहोस्,’ उनले भने, ‘पुरानै ढंगबाट जाने हो भने वास्तविकता तलको के हो बुझ्नुहोस् ।’





Read More