― Advertisement ―

MacBook Air M5 ‘विजेता डिजाइन, करीव-प्रो-लेभल कार्यसम्पादन, र ब्याट्री लाइफ’ को उत्कृष्ट मिश्रण हो – रेकर्ड-कम मूल्यमा 15-इन्च मोडेल प्राप्त गर्नुहोस्।

Apple को सबै नयाँ MacBook Air M5 गत महिना भर्खरै जारी गरिएको थियो, र data-url="https://www.techradar.com/tag/amazon" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/amazon">Amazon सँग पहिले नै धेरै असन्तुष्टि...
Homeअन्तर्राष्ट्रियबलात्कार आरोपी कान्छा भाइलाई बेलायती राजाले राजमहलबाट निकाले

बलात्कार आरोपी कान्छा भाइलाई बेलायती राजाले राजमहलबाट निकाले


बाँया एन्ड्र्यू र दायाँ राजा चार्ल्स


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि खोसेका छन्।
  • एन्ड्र्यूलाई अबदेखि ‘एन्ड्र्यू माउन्टब्याटन–विन्डसर’ भनेर चिनिनेछ र उनी विन्डसरस्थित घरबाट पनि निकालिएका छन्।
  • एन्ड्र्यूमाथि नाबालिग बालिकाहरूको यौन शोषण गरेको भर्जिनिया गिफ्रेको आरोपपछि राजा चार्ल्सले यस्तो निर्णय गरेका हुन्।

१४ कात्तिक, काठमाडौं । बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि खोसेका छन् । राजा चार्ल्सले उनी बस्दै आएको विन्डसरस्थित घरबाट पनि निकालेका छन्।

बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शाही परिवारले जेफ्री एप्स्टिन काण्डसँग उनी (एन्ड्र्यू) को सम्बन्धका कारण दूरी कायम गर्न चाहन्छ।’

के हो एप्स्टिन काण्ड ?
६५ वर्षीय प्रिन्स एन्ड्र्यू दिवंगत महारानी एलिजाबेथ द्वितीयका कान्छा छोरा हुन्। उनी लामो समयदेखि अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँग जोडिएका थिए । उनलाई नाबालिग बालिकाहरूको यौन शोषणको आरोप थियो।

पीडित भर्जिनिया गिफ्रेले सन् २००१ मा आफू १७ वर्षकी हुँदा प्रिन्स एन्ड्र्यूले उनको यौन शोषण गरेका आरोप लगाएकी छिन् ।

एन्ड्र्यूमाथि बलात्कारको आरोप लगाएकी भर्जिनिया गिफ्रे गत अप्रिलमा मृत अवस्थामा फेला परिन्।
रिपोर्टहरूअनुसार, उनले आत्महत्या गरेकी थिइन्।

४१ वर्षीया गिफ्रेको सन् २०११ मा गरिएको अमेरिकी सेक्स–ट्राफिकिङ नेटवर्कबारेको खुलासाले विश्वलाई हल्लाएको थियो।

मृत्युअघि उनले लेखेको आत्मकथा ‘नो बडी’ज गर्ल’ हालै प्रकाशित भएको छ, जसमा उनले शोषण, तस्करी र न्यायको लागि लडाइँबारे विस्तारमा लेखेकी छिन्। किताब सार्वजनिक भएपछि एन्ड्र्यूसम्बन्धी विवाद फेरि चर्किएको हो ।

उपाधि र नाम दुवै हटाइयो
बकिङ्घम प्यालेसका अनुसार, प्रिन्स एन्ड्र्यूलाई अबदेखि ‘एन्ड्र्यू माउन्टब्याटन–विन्डसर’ को रूपमा चिनिनेछ। पहिले उनी ‘प्रिन्स एन्ड्र्यू, ड्यूक अफ यर्क’ भनेर चिनिन्थे।

‘माउन्टब्याटन–विन्डसर’ नाम सन् १९६० मा महारानी एलिजाबेथ र उनका श्रीमान् प्रिन्स फिलिपका पारिवारिक नामहरू जोडेर बनाइएको हो।

सन् २००१ मा खिचिएको एउटा तस्बिरमा एन्ड्र्यूलाई भर्जिनियाको कमरमा हात राखिरहेको देखिन्छ । त्यसै तस्बिरमा एप्स्टिनकी प्रेमिका घिसलेन म्याक्सवेल पनि देखिन्छिन्।

गिफ्रेका अनुसार, उनलाई एन्ड्र्यूसँग तीन पटक यौन सम्बन्ध राख्न बाध्य पारिएकी थिइन् – पहिलो पटक लन्डनमा, दोस्रो पटक न्युयोर्कमा र तेस्रो पटक क्यारिबियन टापुमा।
गिफ्रेका अनुसार, तेस्रो भेटमा अन्य आठ नाबालिग केटीहरू पनि त्यहाँ उपस्थित थिए।

कानुनी विवाद
सन् २०१९ मा एन्ड्र्यूले आफ्ना सबै शाही जिम्मेवारीहरूबाट राजीनामा दिएका थिए। पछिल्लो वर्ष गिफ्रेको आरोपपछि उनलाई सेनासँगको सम्बन्ध र शाही संरक्षण पनि खोसिएको थियो।

सन् २०२१ मा भर्जिनियाले अमेरिकी अदालतमा एन्ड्र्यूविरुद्ध औपचारिक मुद्दा दायर गरेकी थिइन्। उनले भनेकी थिइन्, जब म १७ वर्षकी थिएँ, एप्स्टिनले मलाई एन्ड्र्यूकहाँ लगे र उनले मेरो यौन शोषण गरे।’

प्रिन्स एन्ड्र्यूले अघिल्ला दशकहरूमा ब्रिटिश सेनाको तर्फबाट फकल्यान्ड्स युद्धमा सेवा दिएका थिए। तर एप्स्टिन स्क्यान्डलपछि उनको प्रतिष्ठा र सार्वजनिक छवि गम्भीर रूपमा क्षतिग्रस्त भयो।

अब उनी राजकुमार होइनन्, शाही घरानाको सामान्य सदस्य मात्र बनेका छन्। राजा चार्ल्सले गरेको यो निर्णयलाई ‘ब्रिटिश राजसंस्थाको साख जोगाउन गरिएको कदम’ का रूपमा व्याख्या गरिएको छ।





Read More