― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsबलर मार्क वाटले एनपीएलमा हानेको कीर्तिमानी शतक – KhabarHost

बलर मार्क वाटले एनपीएलमा हानेको कीर्तिमानी शतक – KhabarHost


२९ वर्षीय वाट विशेषगरी बलर भएपनि उनले एनपीएलमा लुम्बिनी लायन्स विरुद्ध ओपनिङ ब्याटिङ मात्र गरेनन् एनपीएलकै सबैभन्दा छिटो शतक समेत प्रहार गरे ।

राष्ट्रिय

समाचार.

  • स्कटल्याण्डका क्रिकेटर मार्क वाटले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा पहिलो शतक प्रहार गरे । उनले लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाए ।
  • कर्णाली याक्सले १५७ रनको लक्ष्य १२.२ ओभरमै १ विकेट मात्र गुमाएर पूरा गर्दा वाटले ६ चौका र १२ छक्का प्रहार गरे ।
  • वाटले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए र एक रनआउट पनि गरे, जसले कर्णालीलाई लुम्बिनीमाथि एकपक्षीय जित दिलायो ।

६ मंसिर, काठमाडौं । स्कटल्याण्डका क्रिकेटर मार्क वाट बलर हुन् । आवश्यक परेको बेला उनी टप अर्डरतिर पनि ब्याटिङ गर्छन् ।

तर शनिवार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने उनले ओपनिङ नै गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो शतक प्रहार गरे ।

२९ वर्षीय वाट विशेषगरी बलर भएपनि उनले एनपीएलमा लुम्बिनी लायन्स विरुद्ध ओपनिङ ब्याटिङ मात्र गरेनन् एनपीएलकै सबैभन्दा छिटो शतक समेत प्रहार गरे ।

पहिलो संस्करणमा अमेरिकी खेलाडी आन्द्रेस गौसले पोखरा एभेन्जर्सबाट खेल्दै एनपीएलको पहिलो शतक प्रहार गरेका थिए । त्यो शतक पनि लुम्बिनी लायन्स विरुद्ध नै थियो र त्यो खेल पोखराले १० विकेटले जितेको थियो ।

यस पटक मार्क वाटले एनपीएलमा शतक बनाउँदा सबै कीर्तिमान तोडिदिए । उनले एनपीएलमा सबैभन्दा छिटो ४१ बलमा शतक प्रहार गरे । यसअघि पोखरा एभेन्जर्सबाट आन्द्रेस गौसले ५४ बलमा शतक प्रहार गरेका थिए । यस्तै एकै खेलमा सर्वाधिक स्कोर (११४) को कीर्तिमान पनि बनाए । यसअघि गौसले १०४ रन बनाएका थिए । वाटले एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान पनि बनाए ।

प्रियांक पाञ्चलसँग ओपनिङ गरेका वाटले ४१ बलमा शतक पूरा गरेका थिए । उनले अविजित ११४ रन बनाउँदै खेल नै सकाए ।

टीयू मैदानमा वाटले ‘वान म्यान शो’ शैलीमा ब्याटिङ गरे । सुरुदेखि नै आक्रमक ब्याटिङ गरेका उनले त्यो शैली अन्तिमसम्म कायम राखे ।

लुम्बिनीले वाटलाई आउट गर्ने अवसर पाएपनि गुमाएको थियो । ३९ रन हुँदा अभिशेष गौतमले वाटको क्याच ड्रप गरेका थिए । ‘केही क्याच ड्रप भयो र भाग्य मेरो साइड रह्यो । मैले त्यसलाई सदुपयोग गरेँ’ ड्रप क्याचको बारेमा वाटले खेलपछि पोष्ट म्याच कन्फेरेन्समा भने ।

मार्क वाटले २०२५ जुनमा नेपाल, नेदरल्याण्ड्स सम्मिलित रहेको टी-२० ट्राई सिरिजमा स्कटल्याण्डको राष्ट्रिय टिमबाटै चार खेलमा ओपनिङ गरेका थिए । तर खासै रन बनाउन सकेका थिएनन् ।

तर एनपीएलमा भने उनले धुँवाधार ब्याटिङ गरे । त्यो पनि रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ, शेर मल्लजस्ता विपक्षी बलरहरूको विरुद्धमा ।

आफ्नो क्रिकेट करियरमै यो पहिलो शतक भएको र दर्शकहरूको माझ त्यो उपलब्धि हासिल गर्न पाउँदा उनी दंग देखिएका थिए ।

‘क्रेजी’ उनले शतकको बारेमा अनुभव सोध्दा उनले सुरुमै भने, ‘यो मेरो पहिलो प्रोफेसनल शतक हो । अमेजिङ दर्शकको अगाडि शतक बनाउन पाउँदा खुशी छु । मेरो करियरमा खुशीको दिन मध्ये एक हो । यो शतक म कर्णालीलाई डेडिकेट गर्न चाहन्छु ।’

वाटले ओपनिङ गर्ने निर्णयबारे आफूलाई खासै थाहा नभएको तर टप अर्डरमा ब्याटिङ गर्न पठाएको कर्णाली याक्सलाई धन्यवाद दिए । उनले सुरुवात देखि नै आक्रमक खेल्ने सोच अनुसार नै बाउण्ड्री प्रहार गर्न थालेको बताए ।

लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै १ विकेट मात्र गुमाएर पूरा गर्दा वाट नायक बने । उनले ४४ बल खेल्दा चौका भन्दा दोब्बर संख्यामा छक्का प्रहार गरे । ६ चौका र १२ छक्का प्रहार गर्दै उनले ९६ रन बाउण्ड्रीबाटै जोडेका थिए ।

पहिलो विकेटका लागि पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गरेका वाटले दोस्रो विकेटका लागि विलियम बोसिस्टोसँग अविजित १२३ रनको साझेदारी गरे ।

अष्ट्रेलियन अलराउण्डर बोसिस्टोले वाटलाई राम्रो साथ दिँदै २० बलमा अविजित २९ रन जोडे । यसक्रममा उनले २ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीले दोस्रो सिजन पहिलो जित निकाल्ने क्रममा वाटसहितका विदेशी खेलाडी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा वाट, बोसिस्टो र पाञ्चल क्रिजमा उत्रँदा नेपाली खेलाडीको पालो नै आएन । बलिङमा नेपालका नन्दन यादवले २ विकेट लिए, वाट र बोसिस्टोले पनि प्रभावकारी प्रदर्शन गरे ।

वाटले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । उनले दिलिप नाथलाई कट एण्ड बोल्ड गरेका थिए । यस्तै एक रनआउट पनि गरे । फिल्डिङमा पनि विदेशी खेलाडी प्रभावशाली देखिए । बोसिस्टोले विकेट नलिएपनि २ महत्वपूर्ण क्याच गरे । लुम्बिनीका ओपनर सन्दिप जोरालाई आउट गर्न बोसिस्टोले नै शानदार क्याच लिएका थिए । यस्तै पाञ्चल र अर्का विदेशी खेलाडी नजिबुल्लाह जद्रानले पनि एक-एक क्याच लिए ।

विदेशी खेलाडीको प्रदर्शनमा नेपाली खेलाडीको साथ पाएको कर्णालीले लुम्बिनीमाथि एकपक्षीय शैलीमा जित निकाल्यो ।

कर्णालीले दुई खेलबाट २ अंक जोड्दा लुम्बिनीको पनि दुई खेलबाट उति नै अंक छ । लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुवात गरेपनि त्यो प्रदर्शन दोहोर्‍याउन सकेन ।

लुम्बिनीका लागि पनि कप्तान रोहित पौडेलको ब्याटिङबाहेक विदेशी खेलाडी नै चम्किए । ब्याटिङमा नामिबयाका दुई खेलाडी रुबेन ट्रम्पलम्यान र जेजे स्मिथले इनिङ्सको अन्त्यतिर आक्रमक ब्याटिङ गरे ।

लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ४९ रन बनाए । तर बलर ट्रम्पलम्यानले क्यामियो खेल्दै १४ बलमा १ चौका र ३ छक्का मदतमा अविजित २९ रन जोडे । यस्तै जेजे स्मिथले १४ बलमै २ चौका  र१ छक्कामा २३ रन योगदान गरे । ओपनर डार्शी सर्टले १९ रन बनाए । पहिलो खेलमा चम्केका गुल्बादिन नाइब भने आज चल्न सकेननन् । उनी ९ बलमा ७ रन बनाएर आउट भए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More