जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडीमा तोडफोड गर्ने समूह।
राष्ट्रिय
समाचार.
- बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न १८ वर्षीय धर्म जित यादवलाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्बु प्रहरीले जनाएको छ।
- बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको खुलेको छ।
१७ कात्तिक, काठमाडौं । प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, जेन-जी युवाहरूले आह्वान गरेको आन्दोलनको नाममा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारी साधनमा आगजनी गरी ठूलो क्षति पुर्याएका थिए।
उक्त घटनामा बा १ झ ७४१८ नम्बरको टाटा टेल्कोलाइन गाडी कार्यालय परिसरबाट बाहिर लगेर आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्वु प्रहरीले जनाएको छ । बलम्वु प्रहरीले केही दिन अगाडि ४ जना पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


