― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeअन्तर्राष्ट्रियफिलिपिन्समा शक्तिशाली आँधीका कारण ८५ जनाको मृत्यु

फिलिपिन्समा शक्तिशाली आँधीका कारण ८५ जनाको मृत्यु


राष्ट्रिय

समाचार.

  • फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ।
  • मध्य फिलिपिन्सको सेबू शहरमा ४९ जनाको मृत्यु भएको र ७५ भन्दा धेरै बेपत्ता भएका छन्।
  • आँधीले लाखौं मानिसलाई घर छाडेर पलायन हुन बाध्य बनाएको छ र सडकमा कार तथा मालवाहक कन्टेनर बगिरहेको छ।

१९ कात्तिक, काठमाडौं । फिलिपिन्समा विनाशकारी कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ ।

मध्य फिलिपिन्समा यसवर्षकै शक्तिशाली कालमेगी आँधी आएको अधिकारीहरूले बताएका छन् ।

आँधीका कारण लाखौं मानिस घर छाडेर पलायन हुन बाध्य भएका बीबीसीले जनाएको छ ।

आँधीका कारण सबभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबू शहर जलमग्न भएको छ । सेबू शहरमा मात्रै ४९ जनाको मृत्यु भएको छ ।

घटनामा ७५ जनाभन्दा धेरै बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा आएका भिडियो फुटेजमा आँधीका कारण मानिस घरको छतमा शरण लिइरहेको देखिन्छ भने सडकमा कार, मालवाहक कन्टेर बगिरहेको देखिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More