― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsफागुन २१ मा चुनाव गर्नुको विकल्प छैन : रिजाल – KhabarHost

फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन : रिजाल – KhabarHost



२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।

संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने नेता रिजालको जिकिर थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रुपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि मुलुकमा निर्वाचन हुनैपर्ने बाध्यकारी अवस्था रहेको तर्क समेत गरे ।

संविधान नयाँ बनाउने भन्ने कुरामा अलमल आवश्यक नभएको पनि उनले स्पष्ट पारे ।

‘नयाँ अभिमत आवश्यक छ । नयाँ अभिमत लिनलाई फागुन २१ को चुनावमा जानु पर्दछ । फागुन २१ मा चुनाव सम्पन्न गर्‍यौं भने फर्केर आएको प्रतिनिधिसभा क्रियाशील भएपछि संविधान पूर्ण रुपमा क्रियाशील हुन्छ,’ रिजालको तर्क छ, ‘अहिले अरु केही पनि अलमलको काम गर्‍यौ भने संविधानले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ । यो संविधान जोगिने, लोकतन्त्र जोगिने अरुले हुन्न । त्यसैले निर्वाचनमा जानुकै उपयुक्त हुन्छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More