― Advertisement ―

HomeLatest newsप्लानिङ ब्वाइजले जित्यो आठाैं बेलबारी गोल्डकप फुटबलको उपाधि

प्लानिङ ब्वाइजले जित्यो आठाैं बेलबारी गोल्डकप फुटबलको उपाधि


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्लानिङ ब्वाइज युनाइटेडले आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि जितेको छ।
  • फाइनलमा प्लानिङले सहलेश युथ क्लब, सिराहलाई २-१ गोलअन्तरले हराएको हो।
  • प्लानिङले आठ लाख र सहलेशले चार लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

१ कात्तिक, काठमाडौं । आठाैं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडले जितेको छ ।

शनिबार भएकाे फाइनल खेलमा सहलेश युथ क्लब, सिराहलाई बी डिभिजन लिग च्याम्पियन समेत रहेको प्लानिङ २-१ गाेलअन्तरले हराएको हो ।

खेलकाे पाँचौं मिनेटमा प्लानिङ ब्वाइजका सुजन मगरले वान भर्सेस वानमा गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ४७औं मिनेटमा सहलेशका समिर तामाङले बराबरी गोल गरे । प्लानिङका सुजन मगरले ६५औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २-१ काे अग्रता दिलाए ।

खेलकाे ७६औं मिनेटमा सहलेशका दिपेश धिमालले डिबक्स नजिक फल गरेपछि राताे कार्ड प्राप्त गरेका थिए ।

प्रतियाेगिताको विजेता टोली प्लानिङले नगद आठ लाख र उपविजेता टोली सहलेश युथ क्लब, सिराहाले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्याे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लानिङका प्रताप सिङ राई घाेषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।

उत्कृष्ट गोलकिपर प्लानिङका याेगेश धिमाल, उत्कृष्ट प्रशिक्षक प्लानिङका सचिन्द्र धिमाल, सर्वाधिक गोलकर्ता समान २ गाेल गरेका प्लानिङका सुजन मगर र सहलेशका आशिष शाक्य, बेस्ट डिफेण्डर प्लानिङका मिङ्मा घिसिङ र बेस्ट मिडफिल्डर प्लानिङका रमन भुजेल घाेषित भए । उनिहरुले समान ११ हजार रुपैयाँ प्राप्त गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More