― Advertisement ―

घाना बनाम पनामा कसरी हेर्ने: फिफा विश्वकप २०२६ को लागि नि:शुल्क स्ट्रिम र टिभी च्यानलहरू

यहाँ कसरी नि:शुल्क अनलाइन र जहाँबाट पनि हेर्ने हो घाना विरुद्ध पनामा kno2ck FI World Cup 2ckout FI World कपमा हुने महत्वपूर्ण समूह L...
HomeLatest newsप्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित

प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित


राष्ट्रिय

समाचार.

  • म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई ३-२ ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।
  • खेलमा क्यासमिरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले एक-एक गोल गरे भने फुलहमका राउल जिमेनेज र केभिनले गोल गरे।
  • जितपछि म्यान्चेस्टर युनाइटेड २४ खेलमा ४१ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने फुलहम नवौं स्थानमा छ।

१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले फुलहमलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुलहमलाई ३-२ ले पराजित गरेको हो ।

युनाइटेडको जितमा क्यासमिरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले एक-एक गोल गरे । फुलहमका राउल जिमेनेज र केभिनले एक-एक गोल गरे ।

खेलको १९औं मिनेटमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६औं मिनेटमा कुन्हाले युनाइटेडको अग्रता दोब्बर पारे ।

फुलहमले ६५औं मिनेटमा गोल गरेको भएपनि भीएआरले अफसाइड मान्यता दिँदा युनाइटेडको अग्रता कायमै रहेको थियो ।

८५औं मिनेटमा जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयको दोस्रो मिनेटमा केभिनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

लगत्तै चौथो मिनेटमा बेन्जामिन सेस्कोले गोल गरेपछि युनाइटेडले फेरि अग्रता लियो र लामो समय चलेको इन्जुरी समयभर त्यसलाई जोगायो ।

जितपछि २४ खेलमा ४१ अंक भएको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ भने फुलहम ३४ अंकसहित नवौं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More