― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जनप्रस्तुति नदिइ भर्जिनियाबाट फर्किए आशिष अविरल, भएको के हो ?

प्रस्तुति नदिइ भर्जिनियाबाट फर्किए आशिष अविरल, भएको के हो ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गायक आशिष अविरलले भर्जिनियामा आयोजना भएको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा प्रस्तुति दिन अस्वीकार गरेका छन्।
  • अविरलले दर्शक नआउँदा वार्मअपमा गाउन दबाब दिइएको र यसलाई अपमानको रुपमा लिएका छन्।
  • उनले फेसबुकमा लेखेका छन्, ‘मान्छेले त तपाईंले जुटाउने हो’ भन्ने आयोजकको दबाबमा उनी असहमत छन्।

मेरिल्याण्ड (अमेरिका) । सांगीतिक प्रस्तुतिका लागि कार्यक्रममा पुगेका गायक तथा संगीतकार आशिष अविरलले आफ्नो अपमान भएको बताउँदै प्रस्तुति दिन अस्वीकार गरेका छन् ।

यो घटना भर्जिनियामा शनिबार भएको हो, जहाँ उनलाई प्रस्तुति दिन भनिएको थियो । थ्रीई इन्टरटेनमेन्टले आयोजना गरेको ‘डिटी फेस्ट भर्जिनिया २०२५’मा उनले प्रस्तुति दिएनन् ।

‘मान्छे भेला नहुँदै मलाई वार्मअपको लागि गाउन भनियो । दर्शक नआइसकेको कार्यक्रममा गाउँदा अन्यथा अर्थ पनि लाग्न सक्छ । यो एक किसिमले अपमान पनि हो’ उनले भने ।

अविरलले यसको जानकारी फेसबुकबाट पनि गराएका छन् । उनका अनुसार अस्मिता अधिकारीसँग मिलेर उनले मञ्चमा प्रस्तुति दिने तालिका थियो । अस्मिता नगएपछि एक्लै पुगेका अविरललाई आयोजकले एक्लै गाउन दबाब दिएको उनी बताउँछन् ।

कार्यक्रममा महेश काफ्ले, नितेशजंग कुवँरले पनि प्रस्तुति दिएका थिए ।

‘आयोजकबाट दर्शक नजुट्दै स्टेज चढ्न दबाब दिइयो र भनियो- मान्छेले त तपाईंले जुटाउने हो । जसमा मेरो घोर आपत्ति छ’ उनले फेसबुकमा लेखेका छन् ।





Read More