― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsप्रशिक्षक खड्का – KhabarHost

प्रशिक्षक खड्का – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि टोली तयार भएको बताएका छन्।
  • खड्काले हम्जा चौधरी खेल्दा बंगलादेश सन्तुलित हुने तर नेपाल डराउने नभएको बताए।
  • नेपाल र बंगलादेशबीचको खेल २७ कात्तिक साँझ पौने ८ बजे ढाकामा सुरु हुनेछ।

२६ कात्तिक, काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली तयार भएको बताएका छन् ।

खेलअघि बुधबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र राम्रो प्रदर्शन गर्ने बताएका हुन् ।

बंगलादेशी टिमले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ । नेपालमा भएको मैत्रीपूर्ण खेलमा भने उनी टोलीमा थिएनन् ।

हम्जा खेल्नेबारे पत्रकारहरूले सोधेको प्रश्नमा जवाफ दिँदै खड्काले भने, ‘हम्जा खेल्नाले बंगलादेशलाई अझै सन्तुलित बनाउँछ । तर हामी डराउँदैनौं, किनभने फुटबलमा व्यक्तिगत भन्दा पनि टिम गेम हेरिन्छ।’

खड्काले विपक्षीको बलियो र कमजोर पक्षको विश्लेषण गरिएको बताउँदै हम्जाको उपस्थिति हुँदा बंगलादेशसँग त्यसैअनुरुपको रणनीतिले खेल्ने उल्लेख गरे ।

यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै जितका लागि खेल्ने बताए । उनले यस खेलबाट मलेसियासँगको एसियन कप छनोट खेललाई मद्दत पुग्ने टिप्पणी गरे।

यसअघि गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । दुई खेल हुने तय भएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

नेपाल र बंगलादेशबीचको खेल बिहीबार साँझ पौने ८ बजेदेखि ढाकामा सुरु हुनेछ ।

नेपालले यसपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More