― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
HomeLatest newsप्रविधि उद्योगका ९ जना विश्वकै अर्बपति सूचीमा – KhabarHost

प्रविधि उद्योगका ९ जना विश्वकै अर्बपति सूचीमा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार विश्वका सबैभन्दा धनी १० मध्ये ९ जना प्रविधि उद्योगका अर्बपति छन्।
  • एलन मस्कको कूल सम्पत्ति ४ खर्ब ७२ अर्ब डलर रहेको छ र उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन्।
  • ब्लुम्बर्ग बिलेनियर इन्डेक्समा ल्यारी एलिसन, मार्क जुकरबर्ग, जेफ बेजोस लगायतका प्रविधि उद्योगका प्रमुख अर्बपति शीर्ष स्थानमा छन्।

काठमाडौं । विश्वका अर्बपतिहरुको सम्पत्तिको रियल टाइम जानकारी र सम्पत्तिको लेखाजोखा गर्ने सूचकांक ब्लुम्बर्ग बिलेनियर इन्डेक्स अनुसार विश्वका सबैभन्दा धनी १० व्यक्तिमध्ये ९ जना प्रविधि उद्योगका अर्बपति छन् ।

विश्वका टपटेन अर्बपति त्यसमध्ये प्रविधि उद्योगका शीर्ष जनाको सूची यस्तो छः

१. एलन मस्कः स्पेस एक्स, टेस्ला तथा एक्स कम्पनीका मालिक एलन मस्कको कूल सम्पत्ति ४ खर्ब ७२ अर्ब डलर रहेको छ । उनी विश्वका सबैभन्दा धनी व्यक्ति हुन् ।

२. ल्यारी एलिसनः अमेरिकी प्रविधि कम्पनी ओरेकलका संस्थापक एलिसन कूल सम्पत्ति ३ खर्ब ४२ अर्ब डलर सहित ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको दोश्रो स्थानमा छन् ।

३. मार्क जुकरबर्गः फेसबुकका संस्थापक तथा मेटाका सिइओ जुकरबर्गको कूल सम्पत्ति २ खर्ब ६४ अर्ब छ । उनी प्रविधि क्षेत्रका अर्बपतिहरुको सूचीमा तेश्रो स्थानमा छन् ।

४. जेफ बेजोसः विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनका संस्थापक बेजोस विश्वका धनाढ्यहरुको सूचीमा चौथो स्थानमा रहेका छन् । उनको कूल सम्पत्ति २ खर्ब ५२ अर्ब छ ।

५. ल्यारी पेजः ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको सूचीमा पाँचौँ स्थानमा ल्यारी पेज रहेका छन् । गुगलका सह सस्थापक ल्यारी पेजको कूल सम्पत्ति २ खर्ब ३३ अर्ब डलर रहेको छ ।

६. सेर्गेइ ब्रिनः गुगलका अर्का संस्थापक ब्रिनको कूल सम्पत्ति २ खर्ब १८ अर्ब डलर रहेको छ । उनी ब्लूम्बर्ग बिलेनियर इन्डेक्सको छैटौँ स्थानमा छन् ।

७. बर्नार्ड अर्नल्ट : फ्रेन्च अर्बपति अर्नल्ट ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको टपटेनभित्र पर्न सफल एकमात्र त्यस्ता व्यक्ति हुन् जो प्रविधि उद्योगसँग सम्बन्धित छैनन् । विश्वका अर्बपतिको सूचीमा सातौँ स्थानमा रहेका उनको कूल सम्पत्ति १ खर्ब ९७ अर्ब डलर रहेको छ । उनी विलासिताका वस्तु उत्पादन गर्ने कम्पनी एलभिएमएसका सिइओ हुन् ।

८. स्टिभ बाल्मर : विश्वको सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टका पूर्व सिइओ रहेका बाल्मर अर्बपतिको सूचीमा ८ औँ नम्बरमा छन् । उनको कूल् सम्पत्ति १ खर्ब ८६ अर्ब डलर रहेको छ ।

९. जेन्सेन हुआंग : चिपमेकर कम्पनी एनभिडियाका सिइओ हुआंग कूल १ खर्ब ७४ अर्ब डलर सम्पत्ति सहित अर्बपतिको सूचीमा नबौँ स्थानमा छन् ।

१०. माइकल डेलः कम्प्युटर निर्माता कम्पनी डेल टेक्नोलोजिजका सिइओ माइकल डेलको सम्पत्ति १ खर्ब ६८ अर्ब डलर छ । उनी ब्लुम्बर्ग बिलेनियर इन्डेक्सको दशौँ नम्बरमा छन् । एजेन्सीको सहयोगमा





Read More