― Advertisement ―

नेटफ्लिक्सले ‘आधुनिक समयको सबैभन्दा उत्कृष्ट अपराध-थ्रिलरहरू मध्ये एक’ गुमाउन लागेको छ – र जो नेस्बोको डिटेक्टिभ होलका प्रशंसकहरूले यसलाई ASAP स्ट्रिम गर्न आवश्यक छ।

नेस्बोको डिटेक्टिभ होल Netflix'को मार्च २६ मा रिलिज भएदेखि सबैभन्दा धेरै हेरिएको टिभी शो चार्टहरू, र यो किन थाहा पाउन गाह्रो छैन।म त्यस्तो...
HomeLatest newsप्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने


राष्ट्रिय

समाचार.

  • प्रगतिशील लोकतान्त्रिक पार्टीले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ।
  • पार्टीले जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने र २१ फागुनमा प्रतिनिधि सभाको चुनाव गराउन आग्रह गरेको छ।
  • सरकारलाई भ्रष्टाचार छानबिन, दोषीमाथि कारबाही र प्रवासी नेपालीको मतदान व्यवस्था मिलाउन माग गरेको छ।

१३ मंसिर, काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशभर भ्रष्टाचार विरोधी अभियान चलाउने निर्णय गरेको छ ।

भ्रष्टाचार विरोधी अभियान चलाउन जिएस गुरुङको नेतृत्वमा कार्यदल बनाउने निर्णय प्रलोपाको विस्तारित बैठकबाट भएको छ ।

कार्यदलमा जटिल कार्की, अमित खनाल ऊर्जा, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चान र दिपक महतो लगायत छन् ।

बैठकले निर्धारित २१ फागुनमै प्रतिनिधि सभाको चुनाव गराउने वातावरण बनाउन सबै पक्षसँग आग्रह पनि गरेको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

सँगै, सरकारलाई भ्रष्टाचारको छानबिन, जेनजी आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही, विदेशमा रहेका प्रवासी नेपालहरूलाई मतदानको व्यवस्था मिलाउनुपर्ने लगायतको माग पनि राखेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More