― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsप्रधानमन्त्री कार्की – KhabarHost

प्रधानमन्त्री कार्की – KhabarHost



३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने बताएकी छिन् । बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा भएको छलफलपछि समापन मन्तव्य राख्ने क्रममा उनले आफूलाई झापाबाट चुनाव लड्न भन्ने गरेको भए पनि आफू त्यसतर्फ नलाग्ने प्रष्ट पारिन् ।

‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन ।’

उनले आफूहरू चुनाव गराउनै आएको भएकाले चुनापछि यो देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहेको पनि बताइन् ।

‘हामी निर्वाचन गराउनै आएका हौं । हामी चाहन्छौं नयाँ पुस्ताको हातमा जाओस् यो देश । केही भिजन भएको मान्छेले सम्हालिदेओस् यो देश,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

अब निष्पक्ष निर्वाचनमार्फत बिनापैसा, न्यूनतम खर्चमा, उम्मेदवार चयन हुन सकोस् भन्ने अपेक्षा रहेको बताइन् । ‘कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर हामी लागेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

देशमा रहेको उकुसमुकुस, भ्रष्टाचार, निराशा, आक्रोश र विष्फोट छताछुल्ल भएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । उनले भनेकी छिन्, ‘अब यसलाई सम्हाल्नुपर्छ । सम्हालिनुपर्छ ।’

उनले आफूहरू गाडी चढ्ने रहरले वा कुनै सुविधा पाउने लोभले नआएका प्रधानमन्त्री कार्कीको भनाइ छ ।

‘खासमा भन्दा म प्रधानमन्त्री हुँ भन्ने अनुभूति पनि छैन । गौरव पनि छैन । देशको यो दुर्गति भएका बेला मुलुक, धर्म र इमान सम्झेर केही बचाउन सकिन्छ कि भनेर आएका हौं । यो समाज बिथोलिएको अवस्थामा केही जोड्न सकिन्छ कि भनेर आएका हौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

निर्वाचनको सबैथरी काम सरकारले अघि बढाएको दाबी गर्दै उनले चुनाव हुने कुरामा ढुक्क हुने पनि बताइन् ।





Read More