― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsप्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी – KhabarHost

प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंले मागे माफी – KhabarHost



२२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माफी मागेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकारसँग आफ्ना मागबारे वार्ता गर्न पुगेका प्रसाईंले सो क्रममा आफ्ना अभिव्यक्ति स्मरण गर्दै माफी मागेका हुन् ।

‘मैले भनेका कुरामा सरी भन्छु । माफी माग्छु,’ प्रसाईंले भनेका छन् ।

साथै, उनले प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति पनि उपहार दिएका छन् । उनले दुर्गा माताकै रुप धारण गरेर काम गर्न पनि प्रधानमन्त्री कार्कीलाई सुझाए ।

‘तपाईँ माता हो दुर्गा हो । त्यो रुप धारण गरेर काम गर्नुहोस्,’ प्रसाईंले प्रधानमन्त्रीलाई भनेको भनाइ उद्धृत गर्दै सहभागी स्रोतले बतायो ।

आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई बुद्धको मूर्ति उपहार दिएका थिए ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको हो ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई मंसिर २२ गतेको समय दिइएको थियो ।

यो भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले ध्यानाकर्षण गराएको बताइएको छ ।





Read More