― Advertisement ―

HomeLatest newsप्रदीप-मिरुना अभिनित गीत ‘फूल होइन काँडा’ लाई १० करोड भ्यूज

प्रदीप-मिरुना अभिनित गीत ‘फूल होइन काँडा’ लाई १० करोड भ्यूज


राष्ट्रिय

समाचार.

  • फिल्म ‘रोज’ को गीत ‘फूल होइन काँडा’ले युट्युबमा १० करोड भ्यूज प्राप्त गरेको छ।
  • यो गीत ७ वर्षअघि ओएसआर युट्युब च्यानलमा रिलिज भएको थियो।
  • गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत, गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्द छन्।

काठमाडौं । प्रदीप खड्का र मिरुना मगर स्टारर फिल्म ‘रोज’ को बहुचर्चित गीत ‘फूल होइन काँडा’ले युट्युबमा १० करोड भ्यूजको उपलब्धि हासिल गरेको छ ।

७ वर्षअघि ओएसआर युट्युब च्यानलमा रिलिज भएको यो गीतले सोमबार उक्त भ्यूज प्राप्त गरेको हो ।

एलिस कार्कीद्वारा संगीतबद्ध उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर समावेश छ । गोपाल रसाइलीको एरेन्ज र राजेशकुमार श्रेष्ठको शब्द यसमा छन् ।

नीरक पौडेल निर्देशित फिल्मको उक्त गीतलाई भने निकै रुचाइयो । टर्कीको प्रसिद्ध पर्यटकीय थलोमा उक्त रोमान्टिक गीतको छायांकन गरिएको थियो ।

१० करोड भ्यूज प्राप्त गरेको खुशियालीमा फिल्मका कलाकार र संगीत टीमले सामाजिक सञ्जालबाट दर्शकलाई धन्यवाद दिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More