― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
Homeराष्ट्रिय समाचारप्रचण्ड-माधवहरूको चुनाव चिह्न तारा – KhabarHost

प्रचण्ड-माधवहरूको चुनाव चिह्न तारा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित आठ कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्।
  • सहमति अनुसार पार्टीको चुनाव चिन्ह तारा रहने र राष्ट्रिय महाधिवेशन कात्तिक १९ गते गर्ने निर्णय भएको छ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सबै अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

१६ कात्तिक, काठमाडौं। नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्।

सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिह्‍न तारा रहने विज्ञप्तिमार्फत जनाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार एकता राष्ट्रिय महाधिवेशन कात्तिक १९ गते गरिनेछ भने आगामी ६ मिहनाभित्र एकता राष्ट्रिय महाधिवशेनको आयोजना गरिनेछ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् पार्टी एकता सहमति पत्र : 

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More