― Advertisement ―

Amazon bricking क्लासिक Kindles भनेको सोनोसको सबैभन्दा ठूलो गल्तीबाट केही सिकेको छैन भन्ने संकेत हो

केही वर्ष पहिले, मैले मेरो १२ वर्षको छोरो गुमाए Kindle पेपरव्हाइट। म छोटकरीमा भत्किएको थिएँ, र त्यसपछि एउटा नयाँ किनें किनभने मैले गर्नुपर्थ्यो। अब...
HomeLatest newsप्रचण्डले भने– कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौं

प्रचण्डले भने– कसैसँग गठबन्धन गर्दैनौं, पहिलो पार्टी बन्छौं



२२ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘संयोजक प्रचण्डले प्रष्ट रुपमा जनताबाट अस्वीकृत र तिरस्कृतहरुसँग हाम्रो गठबन्धन हुँदैन । हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं भन्नु भएको छ ।’

अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।

साथै उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन उनले निर्देशन दिए ।

सहसंयोजक माधव कुमार नेपालले पनि बैठकलाई सम्बोधन गर्दै विभिन्न दल र नेताहरुसँग छलफल भए पनि आफूहरु एक्लै निर्वाचन लड्ने बताएका थिए । ‘राजनीतिमा छलफल सम्वाद हुनसक्छन् तर हामी एक्लै उत्साहका साथ चुनाव लडेर जित्ने छौं’ नेपालले भनेका थिए ।

जुम बैठक आज बिहान ८ बजेदेखि करिब एक घण्टासम्म चलेको थियो । बैठकमा पार्टीका सबै केन्द्रीय सदस्यहरु सहभागी थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More