― Advertisement ―

कामदारहरूले गोप्य रूपमा प्रतिबन्धित एआई उपकरणहरू काममा प्रयोग गर्छन् जबकि कम्पनी नीतिहरूले उनीहरूको बढ्दो दैनिक प्रयोगलाई स्पष्ट रूपमा निषेध गर्दछ।

कम्पनीका धेरै कर्मचारीहरूले गोप्य रूपमा उपकरण प्रयोग गर्छन्। प्रतिबन्धहरूकर्मचारीहरूले कहिलेकाहीँ AI प्रयोग लुकाउन आफ्नो व्यक्तिगत यन्त्रहरू प्रयोग गर्छन्ठूला संस्थाहरूले उच्च स्तरको अनाधिकृत AI प्रयोगको...
HomeLatest newsप्रचण्डले किन रोजे रुकुमपूर्व ? – KhabarHost

प्रचण्डले किन रोजे रुकुमपूर्व ? – KhabarHost



२७ पुस, बुटवल । हरेक चुनावमा क्षेत्र फेर्दै जित्दै आएका नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २१ फागुनमा कुन क्षेत्रबाट उठ्लान् भन्ने धेरैको जिज्ञासा थियो । यो प्रश्नको उत्तर प्रचण्डले शनिबार रुकुमपश्चिम पुगेर दिए ।

आफ्ना पूर्वसहकर्मी जनार्दन शर्माको गृहजिल्लामा आयोजित आमसभाबाट प्रचण्डले आसन्न चुनावमा रुकुमपूर्वबाट उम्मेदवार बन्ने निश्चित गरेको प्रष्ट पारे । उनले भने, ‘यसपालि म रुकुमपूर्वबाट चुनाव उठ्ने छु । रुकुमपूर्वबाट चुनाव लड्ने भएपछि यहाँ पनि आइरहन्छु ।’

चुनाव जितेर राजनीतिमा प्रभाव राखिराख्ने चाहनाले प्रचण्ड हरेक पटक निर्वाचन क्षेत्र बदल्न बाध्य छन् । २०६४ सालदेखि संसदीय राजनीतिमा रहेका प्रचण्डले अहिलेसम्म क्षेत्र बदल्दै जित्दै आएका छन् । प्रचण्डले पाँचौंपल्ट चुनाव क्षेत्र फेर्दैछन् ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

पार्टी संगठनभित्र भिन्न मत राख्नेलाई पेलेर किनारा लगाउँदै आएका प्रचण्डका लागि आम चुनावमा भिड्न कठिन भएकाले क्षेत्र फेर्दै हिंड्ने गरेको आरोप लाग्दै आएको छ । उनका समर्थकहरू भने प्रचण्ड गतिशील नेता भएकाले क्षेत्र फेर्दै आएको तर्क गर्छन् ।

संगठनमा चार दशकदेखि एकछत्र राज गर्दै आएका उनले पार्टीलाई आफ्नो अनुकूल चलाउन धेरैपल्ट नाम फेरेका छन् । गठबन्धन पनि कहिले कांग्रेस त कहिले एमालेसँग गरेका छन् ।

२१ फागुनमा हुने चुनावमा बलियो बन्न उनले माधव नेपालको एकीकृत समाजवादीसहित विभिन्न साना दललाई मिसाएर माओवादी केन्द्रलाई नेकपामा रुपान्तरित गरेका छन् । आगामी चुनावमा गठबन्धन कोकोसँग हुन्छ भन्ने ठेगान छैन तर, उनले आफ्नो क्षेत्र सुरक्षित गर्दै नेपाली राजनीतिको एउटा खेलाडी भइरहने विषय भने टुंगो लगाएका छन् । रुकुमपूर्व तत्कालीन माओवादीको आधार इलाका हो, जहाँ उनको पार्टीको जनाधार तुलनात्मक बलियो देखिन्छ ।

जनयुद्धको ऐतिहासिक आधारभूमि रुकुमपूर्वमा यस पटक प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । प्रलोपा नेता भरत महतारा भने रुकुमपूर्वबाट प्रचण्डको जित सहज नभएको दाबी गर्छन् ।

आगामी चुनावमा प्रचण्डका लागि रुकुमपूर्वसहित विभिन्न पाँच जिल्लाबाट चुनाव लड्न सिफारिस भएको थियो । उनले पार्टीका शीर्ष नेताहरूलाई रुकुमपूर्व र सिन्धुलीको अवस्था बुझ्न लगाए । सिन्धुलीको जनमत चलायमान भएकाले समस्या पर्न सक्ने आकलन भएपछि प्रचण्डको रोजाइमा रुकुमपूर्व परेको हो ।

गएको प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रका पूर्ण घर्ती १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका कैलाश मल्लले ५ हजार २११ मत ल्याएका थिए ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार चन्द्र झाँक्रीले ८९६ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर खत्रीले ५८६, मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४६४ र नेसनलिस्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । त्यसबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन थियो ।

अहिले रुकुमपूर्वमा ३४ हजार ९६३ मतदाता छन् । २०७९ सालमा गोरखा क्षेत्र–२ बाट उम्मेदवारी दर्ता गराएपछि प्रचण्डले आफूले देशका धेरै भाग र क्षेत्रबाट चुनाव लडेर रेकर्ड बनाएको बताएका थिए ।

‘म पहिला रोल्पा, काठमाडौं, सिरहा र चितवनबाट निर्वाचन लडेको छु । पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ,’ उनले भनेका थिए ।

युवा नेता र राजनीतिक विश्लेषकहरू भदौ २३ र २४ को जेनजी विद्रोहले शहरी तथा राजमार्ग जोडिएका र धेरै जनसंख्या भएका निर्वाचन क्षेत्रका मतदाताको भोटिङ ट्रेन्डमा यस पटक व्यापक उथलपुथल आउन सक्ने भएकाले प्रचण्डले सुरक्षित हुन कम मतदाता रहेका हिमाली जिल्ला रोजेको ठोकुवा गर्छन् ।

तीन वटा गाउँपालिका मात्र रहेको रुकुमपूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो । यो मगर बाहुल्य जिल्ला पनि हो ।

तत्कालीन माओवादी केन्द्र लुम्बिनी अध्यक्ष (हाल नेकपा संयोजक) सुदर्शन बरालले भने विगतदेखि नै प्रचण्डलाई रुकुमपूर्वमा ल्याउन खोजिए पनि यसपटक सम्भव भएको बताए ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

‘लुम्बिनी प्रदेशले सम्भावित प्रधानमन्त्री रुकुमपूर्वबाट पाउँदैछ ।अब रुकुमपूर्व जनयुद्धको मात्र नभई समाजवादको आधारभूमि बन्छ,’ बरालले भने ।

२०७४ सालमा तत्कालीन माओवादी र एमालेबीच गठबन्धन हुँदा चितवन–३ बाट प्रचण्ड ४८ हजार २६९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९४२ मत पाएका थिए ।

प्रचण्डले संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा चार पटक मत हाल्दा आफूलाई एक पटक मात्र मत हालेका छन् । २०७४ सालको प्रतिनिधिसभामा चितवन–३ बाट उम्मेदवार बन्दा मात्रै उनले आफैंलाई मतदान गर्न पाए ।

२०७० सालको दोस्रो संविधानसभामा प्रचण्डले काठमाडौं–१० र सिरहा–५ बाट निर्वाचन लडे । काठमाडौंबाट नेपाली कांग्रेसका राजन केसीले २० हजार ३९२ मत ल्याउँदा प्रचण्ड १२ हजार ८५२ मत ल्याएर तेस्रो भए । प्रचण्ड सिरहा–५ बाट १५ हजार २४४ मत ल्याएर विजयी भए ।

शान्ति प्रक्रियामा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पाबाट निर्वाचित भए । पहिलो पटक चुनाव उठ्दा उनले रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवारी दिएका थिए । उनी त्यो समयमा रोल्पा र काठमाडौं दुवै क्षेत्रबाट विजयी भए । पछि उनले रोल्पा २ छोडेर काठमाडौं रोजे ।

पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपालि जित हात लाग्छ कि लाग्दैन, त्यो हेर्न २१ फागुनको नतिजासम्म कुर्नु पर्नेछ ।

चुनाव जित्न क्षेत्र बदल्दै आएका उनले पार्टीको नाम पनि पटक-पटक फेरेका छन् । राजनीति सुरु गर्दा प्रचण्ड तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए ।

प्रचण्ड नेकपा मशालको पहिलोपटक महामन्त्री भए । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो । २०५२ सालमा जनयुद्ध सुरु गर्नुअघि उनले पार्टीको नाम नेकपा माओवादी राखे ।

त्यसपछि २०६५ सालमा माओवादी र एकता केन्द्रबीच एकता भयो । पार्टीको नाम एकीकृत माओवादी राखियो । प्रचण्डले फेरि आफैंबाट फुटेर गएका पूर्वमाओवादीहरूसँग एकता गरे । त्यसपछि फेरि पार्टीको नाम फेरियो र, माओवादी केन्द्र बन्यो । एमालेसँगको एकतापछि त्यो नाम फेरिएर नेकपा भयो । अहिले १६ वटा पार्टी मिलाएर नेपाली कम्युनिस्ट पार्टी राखेका छन् ।

नेकपाले शनिबार रुकुमपश्चिममा आयोजना गरेको एकता सन्देश सभा ।

रुकुमपूर्वबाट एमालेले खेममान खड्का, आशा स्वर्णकार, चिन्तामणि दाहाल, मोहनभक्त बुढामगर र गोपालप्रसाद सुनारको नाम सिफारिस गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट द्वन्द्वकालीन माओवादी नेता सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्षा’का छोरा सन्दीप चुनाव लड्ने निश्चित छ । सुन्दर र वृक्षाले द्वन्द्वकालमै सहादत प्राप्त गरेका थिए । शहीदपुत्र सन्दीप भने यसपटक बा–आमाको लिगेसी बोकर मैदानमा उत्रिँदैछन् ।

जनयुद्धको ऐतिहासिक आधारभूमि रुकुमपूर्वमा यस पटक प्रतिस्पर्धा रोचक बन्ने अनुमान गरिएको छ । प्रलोपा नेता भरत महतारा भने रुकुमपूर्वबाट प्रचण्डको जित सहज नभएको दाबी गर्छन् ।

पार्टीको नाम बदल्दै र हरेक चुनावमा क्षेत्र बदल्दै जित्दै आएका प्रचण्डका निम्ति यसपालि जित हात लाग्छ कि लाग्दैन, त्यो हेर्न २१ फागुनको नतिजासम्म कुर्नु पर्नेछ ।





Read More