― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsप्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी

प्रचण्डलाई गीतसहितको कडा पत्र लेख्दै रहबरले छाडे पार्टी


राष्ट्रिय

समाचार.

  • माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले २४ पुसमा पार्टी छाडेको घोषणा गरेका छन्।
  • रहबरले पार्टी अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन्।
  • रहबरले पत्रमा जनयुद्धका शहीद परिवार र अवसरवादीहरुलाई पार्टी छाड्ने कारण बताएका छन्।

२४ पुस, काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।

रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।

मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो निर्णय गरेका हुन् ।

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्तत: सत्ता र सुविधा चाहेकाहरू, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।





Read More