― Advertisement ―

Intel 486 प्रयोगकर्ताहरूले सेवानिवृत्तिको सामना गर्छन् किनभने लिनक्स कर्नेलले आधुनिक कम्प्युटिङ वातावरणमा दशकौं पुरानो प्रोसेसरहरूसँग अनुकूलता छोड्छ।

Linux 4 मा विकासकर्ताहरूले समर्थन हटाएका छन्। CPULinus Torvalds भन्छन् कि त्यहाँ 486 अनुकूलता कायम गर्न शून्य वास्तविक कारण छIngo Molnar ले लिनक्स कर्नेलहरूमा...
HomeLatest newsप्याट कमिन्स र म्याथ्यु शर्ट टी-२० विश्वकपबाट बाहिर, डारशुइस र रेन्शअलाई मौका

प्याट कमिन्स र म्याथ्यु शर्ट टी-२० विश्वकपबाट बाहिर, डारशुइस र रेन्शअलाई मौका



१७ माघ, काठमाडौं । ढाडको चोटका कारण अस्ट्रेलियन पेस बलर प्याट कमिन्स आईसीसी टी–२० विश्वकप २०२६ खेल्ने टोलीबाट बाहिरिएका छन् । उनको स्थानमा बाँयाहाते पेस बलर बेन डारशुइस अस्ट्रेलियाको अन्तिम १५ सदस्यीय टोलीमा समावेश भएका छन् ।

त्यस्तै, टप अर्डर ब्याटर म्याथ्यु शर्ट पनि टोलीबाट हटाइएका छन् भने राम्रो फर्मका आधारमा म्याट रेन्शअ टोलीमा आएका छन् । बिग ब्यासमा शानदार लय देखाएका स्टिभ स्मिथले भने अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै चोटबाट रिकभर हुँदै गरेका जोश हेजलवुड, टिम डेभिड र नाथन एलिस विश्वकपका लागि फिट घोषित भएका छन्। हेजलवुड एशेजअघि ह्यामस्ट्रिङ र अकिलिजमा चोट लागेपछि खेल्न सकेका थिएनन्। डेभिड ह्यामस्ट्रिङ‌ चोटका कारण बीबीएल र पाकिस्तान सिरिजको गुमाएका थिए भने एलिसले पनि ह्यामस्ट्रिङ समस्याका कारण बीबीएल फाइनल र पाकिस्तान भ्रमण गुमाएका थिए।

कमिन्सलाई सुरुवाती चरणमा टोलीसँगै राखेर विस्तारै फर्काउने योजना थियो। तर उनी पूर्ण रूपमा फिट हुन नसकेपछि अन्तिम टोलीबाट हटाइएका हुन्। उनले अन्तिम पटक डिसेम्बरको मध्यतिर इंग्ल्याण्डविरुद्धको एडिलेड टेस्ट खेलेका थिए, जुन गत जुलाईयता उनको एक मात्र खेल थियो। त्यसयता उनी ढाडको तल्लो भागमा लम्बर स्ट्रेस इन्जुरीबाट जुधिरहेका छन् ।

अस्ट्रेलियाले यसअघि १५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेकोमा २ परिवर्तन गरेर अब अन्तिम टोली घोषणा भएको हो ।

टी-२० विश्वकप यही फेब्रुअरी ७ देखि सुरु हुँदै छ ।





Read More