― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsप्याजको भाउ घट्यो, किलोको कति ? – KhabarHost

प्याजको भाउ घट्यो, किलोको कति ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • स्थानीय बजारमा सुकेको प्याजको भाउ एक साता अवधिमा थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँले घटेको छ।
  • १० माघमा प्याजको भाउ न्यूनतम ४२ देखि अधिकतम ४३ रुपैयाँ थियो भने आइतबार न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँमा किनबेच भइरहेको छ।
  • कालीमाटी बजारमा अहिले भारतबाट मात्र सुकेको प्याज आइरहेको छ र भारतीय बजारको भाउ घटबढले नेपाली बजारमा पनि प्रभाव पार्ने व्यवसायीहरूले बताए।

१८ माघ, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउमा गिरावट आएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले प्याजको भाउमा गिरावट आएको देखाएको हो ।

एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ३ देखि ४ रुपैयाँ घटेको छ । १० माघमा प्याज प्रतिकिलो न्यूनतम ४२ देखि अधिकतम ४३ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० र औसत ३९ रुपैयाँमा किनबेच भइरहेको छ ।

पुस अन्तिम साता प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको भाउ घटबढ हुँदा नेपाली बजारमा पनि भाउ घटबढ हुने व्यवसायीहरू बताउँछन् ।





Read More