― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsपोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट

पोखरा विमानस्थलको सवा २ अर्ब बेरुजु उड्डयन प्राधिकरणले गर्‍यो फर्छ्योट


राष्ट्रिय

समाचार.

  • नेपाल नागरिक उड्डयन प्राधिकरणले महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेखित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर बेरुजु फर्छ्योट गरेको छ।
  • प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाँकी ३ अर्ब ४ करोड ९९ लाख रुपैयाँबाट बेरुजु कट्टा गर्ने निर्णय २० असोज २०८२ मा गरेको थियो।
  • महालेखाले सम्झौतामा व्यवस्था नभएको बेरुजु छुटप्रति प्रश्न उठाएपछि प्राधिकरणले धरौटी र भुक्तानी बाँकी रकमबाट बेरुजु फर्छ्योट गर्ने निर्णय गरेको हो।

१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले महालेखा परीक्षकको कार्यालयबाट ६०औं वार्षिक प्रतिवेदनमा उल्लेखित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर बेरुजु फर्छ्योट गरेको छ ।

प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको एम/एस चाइना सीएमसी इन्जिनियरिङलाई ३ अर्ब ४ करोड ९९ लाख ४५ हजार १ सय ३१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकामा त्यस रकमबाट बेरुजु फर्छ्योट गर्ने निर्णय २० असोज २०८२ मा भएको प्राधिकरणले जनाएको छ ।

निर्माण व्यवसायीलाई भुक्तानी हुन बाँकी धरौटी सहित रकम करिब ३ अर्ब ४ करोड ९९ लाख रुपैयाँबाट उल्लेखित बेरुजु रकम कट्टा गर्न तथा सोही प्रकृतिका भन्सार शुल्क तथा महसुल र मूल्य अभिवृद्धि कर (भ्याट) बापत (अन्त:शुल्क बाहेक) छुट दिएको भए उक्त रकमसमेत यसै प्रक्रिया बमोजिम नै कट्टा गरी बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी हुन दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

तर, सम्झौतामा व्यवस्था नै नभएको अवस्थामा आयोजनाले मास्टर लिस्टमा राखेर यो वर्षसम्म शुल्क तथा महसुल र भ्याटबापत २ अर्ब २२ करोड ४० लाख छुट दिएको देखिएको थियो ।

महालेखाले बोलपत्रमा कबोल गर्दा यससम्बन्धी व्यवस्था नभएको, सम्झौतामा समेत यस्तो छुट दिने व्यवस्था नभएकोमा आयोजनाले त्यसपछि मास्टर लिस्टमा राखी भन्सार तथा महसुल छुट दिएको उल्लेख गरेको थियो ।

यो बेरुजुबारे पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयले समेत प्रश्न उठाएका थिए । त्यसपछि प्राधिकरणले धरौटी र भुक्तानी गर्न बाँकी रकमबाट बेरुजु फर्छ्योट गर्ने निर्णय गरेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More