― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले एफबीआई ड्रोन उल्लङ्घन र विश्व कपको खतरा दावी गरे किनभने प्रश्नहरू प्रमाण र निगरानी प्रणालीको वरिपरि घुम्छन्।

इरान-समूहमा ड्रोन-एन्सिलिङ्को पहुँच भएको दाबी डाटाह्याकरहरूले सार्वजनिक चेतावनी जारी गरेपछि विश्व कप सुरक्षा स्पटलाइटमा प्रवेश गर्दछहान्डलाले हालै अमेरिकी संस्थाहरू संलग्न दावीहरूको साथ ध्यान विस्तार...
HomeLatest newsपोखरास्थित ब्लड बैंकलाई कोइकाद्वारा अत्याधुनिक उपकरण हस्तान्तरण

पोखरास्थित ब्लड बैंकलाई कोइकाद्वारा अत्याधुनिक उपकरण हस्तान्तरण



काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपाल रेडक्रस सोसाइटी, कास्कीको ब्लड बैंकलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । यसबाट ब्लड बैंक थप सुदृढ बन्ने विश्वास छ।

परियोजनाअन्तर्गत कोइकाको सहयोगमा करिब १९ हजार ९ सय अमेरिकी डलर बराबरका दुई अत्यावश्यक उपकरण—स्वचालित सेल वासिङ सेन्ट्रीफ्युज र पोर्टेबल ट्युब सिलर—रक्त बैंकलाई उपलब्ध गराइएको छ। यी उपकरणले क्रस–म्याचिङ, एन्टिबडी स्क्रिनिङ जस्ता परीक्षणलाई अझ सुरक्षित र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

सामग्री हस्तान्तरण समारोह २०२५ डिसेम्बर १७ मा सम्पन्न भएको थियो । कार्यक्रममा कोइका नेपाल कार्यालयका देश निर्देशक मुहोन कोंगले यो परियोजनामार्फत नेपालमै पहिलो पटक स्वचालित सेल वासिङ सेन्ट्रीफ्युज भित्रिएको उल्लेख गरे। उनले यस उपकरणबाट वास्ड रेड ब्लड सेल्स जस्ता विशेष रक्त उत्पादन तयार गर्न सकिने, जसले एलर्जीको जोखिम घटाउने र सुरक्षित रक्तसञ्चारमा टेवा पुग्ने बताए।

समारोहमा नेपाल रेडक्रस सोसाइटीकी अध्यक्ष उर्मिला खड्का भण्डारीले कोइका र स्वयंसेवकको योगदानले रक्त सेवाको गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरिन्। उनले रेडक्रस र कोइकाबीचको सहकार्य आगामी दिनमा अझ प्रभावकारी हुने बताइन्।

कोरिया ओभरसिज भोलेन्टियर (केओभी) प्रयोगशाला प्रविधि स्वयंसेवक तेक्यु आनले सञ्चालन गरेको रक्त सुरक्षा सम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न भएको कोइकाले जनाएको छ । आन सन् २०२५ फेब्रुअरीदेखि पोखरास्थित प्रादेशिक रक्तसञ्चार सेवामा स्वयंसेवकको रुपमा कार्यरत छन् । उनको अगुवाइमा रक्त दूषित हुन नदिनु, प्रयोगशाला कर्मचारीको सुरक्षा सुनिश्चित गर्नु तथा रक्तसञ्चार अघि गरिने परीक्षण प्रक्रिया छिटो र प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गरिएको कोइकाले जनाएको छ ।

कोइका र नेपाल रेडक्रस सोसाइटीबीच लामो समयदेखिको सहकार्य रहँदै आएको छ। हालसम्म २३ जना कोइका स्वयंसेवक रेडक्रसका विभिन्न कार्यालयमा सेवा दिइसकेका छन्, जसमध्ये १० जना कास्कीमै कार्यरत थिए।

कोइकाको स्वयंसेवक कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा जरोस्तरबाट विकासमा योगदान पुर्‍याउने उद्देश्यले सञ्चालन हुँदै आएको छ। हाल नेपालमा १ जना विज्ञसहित १२ जना कोरियाली स्वयंसेवक विभिन्न सरकारी निकायमा सक्रिय छन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More