― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsपूर्व कप्तान पवन अग्रवाल – KhabarHost

पूर्व कप्तान पवन अग्रवाल – KhabarHost


राष्ट्रिय

समाचार.

  • अनलाइनखबर डट कमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई मध्यनजर गर्दै ‘ओके एनपीएल बज’ शृंखला सुरुवात गरेको छ ।
  • टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने एनपीएलका अधिकांश खेल पहिलो पटक फ्लडलाइटमुनी खेलिनेछ र टीयू मैदानमा फ्लडलाइट र प्यारापिट जडान गरिएको छ ।
  • पूर्व कप्तान पवन अग्रवालले फ्लडलाइट खेल्न पाउनु रोमाञ्चक अनुभव हुने बताए ।

३० कात्तिक, काठमाडौं । अनलाइनखबर डट कमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई मध्यनजर गर्दै ‘ओके एनपीएल बज‘ शृंखला सुरुवात गरेको छ ।

यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एनपीएलको दोस्रो संस्करण सुरु हुँदैछ । जहाँ ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

पछिल्लो समयमा नेपालमा बढ्दो क्रिकेटको क्रेज, तेस्रो पटक टी२० विश्वकपमा नेपालको यात्रा अनी फ्रेन्चाइज क्रिकेटको चर्चाले गर्दा अहिले क्रिकेट नेपाली खेलकुदमा पर्यावाची जस्तै बनेको क्रिकेट विज्ञहरुको भनाई छ ।

ओके एनपीएल बजको पहिलो एपिसोडमा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवालसँग क्रिकेट विश्लेषक तथा प्रस्तोता बिराट राएमाझीले नेपाली क्रिकेट र अब सुरु हुन लागेको एनपीएल लगायत विभिन्न विषयमा कुरा गरेका छन् ।

ओके एनपीएल बजमा एनपीएलको प्रि म्याच, पोष्ट म्याच, टिमहरुको तयारी खेलाडीको प्रदर्शन देखि मैदान भित्र र बाहिरका विभिन्न विषयमा क्रिकेट विश्लेषक लगायत विभिन्न व्यक्तिहरुसँग कुराकानी हुनेछ ।

साथै अनलाइनखबरले विगतमा जस्तै यस पटक पनि एनपीएलको हरेक खेलको बल बाई बल लाइट अपडेटसँगै विभिन्न गतिविधिहरु क्रिकेट समर्थकका लागि प्रस्तुत गर्नेछ ।

टीयू मैदानमा पहिलो पटक फ्लडलाइट र प्यारापिट जडान गरिएपछि पहिलो पटक खेल हुँदैछ र एनपीएलको दोस्रो संस्करणका अधिकांश खेल फ्लडलाइटमुनी नै खेलाइनेछ ।

पूर्व कप्तान पवन अग्रवालले फ्लडलाइट खेल्न पाउनु निकै रोमाञ्चक हुने बताए । उनले आफूले धेरै पहिले एक पटक मात्र पाकिस्तानमा फल्डलाइटमा खेल्न पाएको स्मरण गरे ।

नेपालमा यती चाडै काम सम्पन्न भएर फ्लडलाइट तयार हुँदा यो सरप्राइज नै हुने कुरा भएको उनले सुनाए ।

यस्तै उनले प्यारापिट राखेपछि अब कति संख्यामा टिकट विक्री भयो भन्ने विषयमा प्रष्ट हुने बताए ।

अग्रवालले एनपीएलका लागि सबै तयार रहेको र यो लिग सफल होस् भन्ने शुभकामना दिएका छन् ।

साढे दुई दशकअघि नेपाली राष्ट्रिय टोलीका कप्तान रहेका उनै अग्रवालसँग विराट राएमाझीले एनपीएल र नेपाली क्रिकेटको बारेमा गरेको विशेष कुराकानी :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More