― Advertisement ―

Homeविजनेसपुनर्निर्माण कोषमा देखिएन उत्साह, असोज मसान्तसम्म ६ करोड १० लाख मात्र संकलन

पुनर्निर्माण कोषमा देखिएन उत्साह, असोज मसान्तसम्म ६ करोड १० लाख मात्र संकलन


राष्ट्रिय

समाचार.

  • सरकारले ८ असोजमा भौतिक पूर्वाधार पुनर्निर्माण कोष गठन गरी सहयोगका लागि आह्वान गरेको थियो।
  • असोज मसान्तसम्म उक्त कोषमा ६ करोड १० लाख रुपैयाँ मात्र सहायता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
  • २३ र २४ भदौको जेन जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि कोष स्थापना गरिएको थियो।

१७ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उत्साहजनक सहभागिता देखिएको छैन ।

अर्थ मन्त्रालयले ८ असोजमा यस्तो कोष निर्माण गरी सहयोगका लागि आन्तरिक तथा बाह्य क्षेत्रसँग आह्वान गरेको थियो । तर, असोज मसान्तसम्म ६ करोड १० लाख रुपैयाँ मात्र सहायता प्राप्त भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।

२३ र २४ भदौको जेन जी आन्दोलनबाट भएको भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायत कामका लागि यस्तो कोष स्थापना गरिएको थियो ।

अर्थले भौतिक पूर्वाधार पुनर्निर्माण समिति समेत बनाएको छ । यस्तो आर्थिक सहायता योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने निर्णय समेत गरिएको थियो ।

तर, आम सहभागिता भने अपेक्षित देखिएको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More