काठमाडौं, १४ चैत
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रतिनिधित्व (पीआर) निर्वाचन प्रणालीमा उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आज सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
“बैठकको समय र स्थान भने तय हुन बाँकी छ”, उनले भने ।
समनुपातिक उम्मेदवारको सिफारिसमा केन्द्रित रहेको केन्द्रीय बैठकमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुला गर्न पार्टी विधान संशोधनका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।

