― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsपार्टी निर्माणमा जेनजी : कुन समूह के गर्दैछन् ? – KhabarHost

पार्टी निर्माणमा जेनजी : कुन समूह के गर्दैछन् ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दल पुनर्गठन र नयाँ दल गठनको प्रक्रिया चलिरहेको छ।
  • जेनजी फ्रन्टले दल गठन नगरी संगठन विस्तार, गठबन्धन निर्माण र दीर्घकालीन तयारीमा जोड दिएको छ।
  • जेनजी मुभमेन्ट अलायन्सले आगामी २१ फागुनको संघीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने रणनीति बनाएको छ।

२५ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दलहरू पुनर्गठन र नयाँ दलहरू गठनको प्रक्रिया चलिरहेको छ । यही मेसोमा आन्दोलनमा जोडिएका जेनजीहरू पनि दल बनाउने कसरतमा लागेका छन् ।

राजनीतिक दल बन्दा कसरी बनाउने, नबन्दा कसरी अघि बढ्ने भन्ने विकल्पमा समेत जेनजीभित्र छलफल चलिरहेको छ । वैकल्पिक शक्ति आउनुपर्छ भनेर लागिपरेका हरेक व्यक्ति र समूहसँग विभिन्न समूहले छलफल गरिरहेका छन् ।

यस्तो अवस्थामा कुन जेनजी समूहका रणनीति के छन् ? उनीहरू कसरी अघि बढिरहेका छन् ? दल दर्ता गरेर प्रमाणपत्र लिनुपर्ने समय नजिक आइसक्दा उनीहरूको सक्रियता कस्तो छ ?

जुन आन्दोलनले संसद् विघटन गराएर प्रतिनिधिसभाको चुनाव अगाडि ल्यायो, त्यही चुनावमा आन्दोलनकारी स्वयं उम्मेदवारको रूपमा सहभागी हुन्छन् हुँदैनन् ?

यसको लागि उनीहरुले कसरी काम गरिरहेका छन् ? यिनै प्रश्न हामीले विभिन्न जेनजी समूहका अगुवाहरूलाई सोधेका छौँ ।

जेनजी फ्रन्टभित्र तीन विकल्पमा छलफल

जेनजी फ्रन्टले आगामी चुनावका लागि तत्काल दल गठन वा चुनाव चिह्नको खोजीमा नलागी संगठन विस्तार, गठबन्धन निर्माण र दीर्घकालीन तयारीमा जोड दिएको छ । फ्रन्टका एक सदस्यका अनुसार, समूहभित्र तीन प्रमुख विकल्पमा छलफल भइरहेको छ ।

पहिलोः नागरिक समाजकै रूपमा सडकमा रहने, दोस्रो: अर्को चुनावका लागि संगठन विस्तार गरी मजबुत बन्ने र तेस्रो: विद्रोहलाई संस्थागत गर्न अन्य दल वा समूहसँग अलाइनमेन्ट गरेर जाने ।

यसमा पनि विशेषगरी आगामी चुनावमा कसरी जान्ने भन्ने विकल्पमा छलफल भइरहेको छ । यसका लागि दल बनाउने, तर कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा पनि संवाद चलिरहेको एक सदस्यले बताए । ‘केही दिनअघि त रक्षा बम वा रन्जु दर्शना, कसलाई नेतृत्व मान्ने भन्नेसम्मका छलफल भएका थिए । तर अहिले त्यसबाट पनि कोर्स अघि बढिसकेको छ,’ ती सदस्यले भने ।

विभिन्न राजनीतिक समूहबाट पनि प्रस्ताव जेनजी फ्रन्टलाई आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरू, कुलमान घिसिङ निकट व्यक्ति, सुदन गुरुङ समूह, रन्जु दर्शना, सुमना श्रेष्ठलगायत वैकल्पिक शक्तिको लागि गृहकार्य भएका सबै शक्तिसँग फ्रन्टको छलफल चलिरहेको छ ।

विवेकशील साझाले त यदि सबै सकारात्मक भए पार्टीको नाम र चिह्नसमेत परिवर्तन गर्न तयार रहेको भन्दै प्रस्ताव गरेको थियो । तर यस्ता प्रस्तावलाई लिएर अझै ठोस निस्कर्षमा अझै पुगिनसकेको फ्रन्टका एक सदस्यले बताए ।

‘कतै केन्द्रीय कमिटीमा नाम माग्दै वा सँगै अघि बढौँ भन्दै प्रस्ताव आइरहेका छन् । तर अब ३० गतेसम्म अझै कति दल दर्ता होलान् वा केही होला । तत्काल केही नआए पनि त्यसपछि दर्ता भएकैसँग अलायन्स गरेर जाने विषयमा पनि त सोच्न सकिन्छ,’ उनले भने, ‘त्यसैले अहिले नै अब यो तरिकाले जान्छौँ भन्ने केही छैन । हरेक विकल्पमा काम भइरहेको सत्य हो ।’

यदि कुनै दलमा नजोडिएको अवस्थामा के हुन्छ त ? जेनजी फ्रन्टभित्रै स्वतन्त्र उम्मेदवार उठाएर जाने सम्भावनाबारे पनि छलफल भएको छ । यदि फ्रन्टका सदस्य व्यक्तिगत वा कुनै समूहमा रहेर चुनाव लड्छन् भने फ्रन्टले पूर्ण समर्थन गर्नेछ । ‘कुनै दल वा कतै जोडिएनौँ भने पनि स्वतन्त्र उम्मेदवारी दिएर हाम्रा कतिपय साथीहरू चुनावमा जानुहुन्छ । त्यसमा फ्रन्टले सघाउँछ,’ ती अगुवाले भने ।

आफ्नै उम्मेदवार खडा गर्दै जेनजी मुभमेन्ट अलायन्स

आन्दोलनको जगमा उभिएको जेनजी मुभमेन्ट अलायन्सले भने आगामी २१ फागुनको संघीय चुनावमा पार्टी गठन नगरी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने रणनीति बनाएको छ ।अलायन्सका प्रतिनिधिहरूले तत्काल दल बनाएर नजाने बताएका छन् ।

भविष्यमा दलीय राजनीतिमा जाने भनिए पनि तत्कालको लागि स्वतन्त्र मोर्चाबन्दीमार्फत चुनावमा होमिने योजना यो समूहको छ । अलायन्सभित्र रहेकै व्यक्तिहरूलाई स्वतन्त्र उम्मेदवारको रूपमा खडा गरेर क्याम्पेन गर्ने योजना बनाएको यो समूहले जिल्ला तहमा संगठन विस्तारको काम गरिरहेको छ ।

‘हामी अहिले जिल्ला-जिल्ला पुगिरहेका छौँ, संगठित हुन । अझै काठमाडौं बाहिरका भूगोल र परिस्थिति हामीले बुझ्न बाँकी छ । धेरै कुरा सिक्दै छौँ,’ अलायन्सका अगुवा अमित खनाल ‘ऊर्जा’ ले भने, ‘तर यो पटक अलायन्सका इच्छुक साथीहरू चुनाव लड्नुहुन्छ । त्यसमा हामी लाग्छौँ । चुनाव लड्नेहरूको सूची बनाउँदै छौँ । सायद ३५ जना जति हुनुहुन्छ होला ।’

यसरी अहिले स्वतन्त्र चुनाव लड्ने यो समूहले आगामी प्रदेश र स्थानीय तहको चुनावबाट भने पार्टी नै बनाएर जाने तयारी गरेको छ । यसरी भविष्यमा दल बनाएर जाने उद्देश्य बोकेको यो समूहले सांगठनिक संरचना पनि सोहीअनुरूप तयार गर्दै लैजाने छ । यसको लागि केही दिनमै समूहको दस्तावेज सार्वजनिक गरेर मंसिरमा अधिवेशन गर्ने योजना पनि अलायन्सको छ ।

खनाल भन्छन्, ‘मुख्य लक्ष्य स्थानीय तह र प्रदेश हो, त्यसमा यसलाई दल बनाएर लैजान्छौं । त्यसका लागि मंसिरमा राष्ट्रिय अधिवेशन बोलाउँदै छौँ । यो अधिवेशनले नै पछि दलको रूप लिन सक्छ । छिट्टै दस्तावेज र हाम्रा सिद्धान्तहरू पनि सार्वजनिक गर्नेछौँ ।’

अलायन्सले अन्य जेन्जी समूहहरूसँग सहकार्यको ढोका खुला राखे पनि यसका केही सर्त छन् । संविधानका आधारभूत कुरा मानेर अघि बढ्न चाहने समूहसँग छलफल हुने अलायन्सले जनाएको छ ।

जेनजी मुभमेन्ट अलायन्सका अर्का एक सदस्यका अनुसार यो समूहलाई विभिन्न समूहले प्रस्तावसमेत गरिरहेका छन् ।

आफ्नो दलमा जोडिन वा नयाँ दल निर्माणमा सहयोग गर्न भन्दै प्रस्ताव आइरहेको छ । सुदन गुरुङ समूह, रक्षा बमको जेनजी फ्रन्ट लगायतसँग संवाद भएको ती सदस्यले जानकारी दिए । ‘सुदन गुरुङको तर्फबाट जेम्स कार्की लगायतले त हाम्रा केही प्रतिनिधिसँग छलफल नै गर्नुभएको थियो । अरू समूहले पनि सम्पर्क गर्नुभएको छ ।

तर हामी तत्काल दलको रूपमा कतै जोडिएर जाने मनसायमा छैनौँ,’ ती सदस्यले भने ।

विवेकशील साझा पार्टीबाट रन्जु दर्शना लगायतले अनौपचारिक प्रस्ताव पनि यो समूहलाई गरेका थिए । यसबाहेक, वैकल्पिक शक्ति बनाउन गृहकार्य गरिरहेका सागर ढकाल, सुमना श्रेष्ठ लगायतले पनि छलफल गरेका थिए । त्यस्तै पुराना दलबाट पनि यो समूहसँग नयाँ ढंगले जानेबारे प्रस्ताव नआएको हैन । ती सदस्यका अनुसार तत्कालीन नेकपा मओवादी केन्द्रबाट जनार्दन शर्मा र सुदन किराँतीले पनि नयाँ ढंगले अघि बढ्ने विषयमा प्रस्ताव गरेका थिए ।

‘उहाँहरूले माओवादी रहँदा नै कुनै नयाँ तरिकाले जेनजीसँग सहकार्य गरेर जान सकिन्छ कि भन्नेबारे प्रस्ताव गर्नुभएको थियो । तर हामीले त्यसमा त्यति चासो नदेखाएपछि यो विषय नै रोकिएको थियो,’ अलायन्सका एक अगुवाले भने ।

सुदन समूहको उस्तै प्रयास

सुदन गुरुङले पनि विभिन्न प्रयास गरे । विभिन्न विकल्पमा छलफल गरेका उनी अन्तत: कुलमान घिसिङ जोडिएको दल उज्यालो नेपालमा जोडिने भएका छन् ।

तत्कालको लागि आफैँ नगए पनि उनी निकट र उनको समूहका केही व्यक्ति उक्त पार्टीमा रहने छन् । उनको समूहका केही प्रदेश संयोजकको नाम पनि उक्त पार्टीको केन्द्रीय कमिटीमा सिफारिस भएको छ ।

त्यसअघि उनले पनि विभिन्न विकल्पमा प्रयास गरेका थिए । ओजस्वी थापा, जेम्स कार्की लगायतका व्यक्तिलाई अघि सारेर अन्य समूहसँग राजनीतिक संवाद गरेका थिए । जेनजी मुभमेन्ट अलायन्स, जेनजी फ्रन्ट लगायतका समूहसँग पनि यसले छलफल व्यापक बनाएको थियो ।

पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेनसँग पनि यसले छलफल गरेको थियो । कुलमान घिसिङसँग जोडिनुपूर्व पनि यो समूहले त्यो अन्य समूहसँग छलफल गरेको थियो ।

मिलेसम्म काठमाडौंका मेयर बालेनसँग मिलेर पार्टी ल्याउने कसरत पनि यो समूहले गर्‍यो । तर कतै सहमतिको बिन्दु नभेटेपछि अन्तत: यो सुदनको कुलमान घिसिङको पार्टी उज्यालो नेपालमा मिसिएको हो ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरू, कुलमान घिसिङ निकट व्यक्ति, सुदन गुरुङ समूह, रन्जु दर्शना, सुमना श्रेष्ठलगायत वैकल्पिक शक्तिको लागि गृहकार्य भएका सबै शक्तिसँग फ्रन्टको छलफल चलिरहेको छ ।

विवेकशील साझाले त यदि सबै सकारात्मक भए पार्टीको नाम र चिह्नसमेत परिवर्तन गर्न तयार रहेको भन्दै प्रस्ताव गरेको थियो । तर यस्ता प्रस्तावलाई लिएर अझै ठोस निस्कर्षमा अझै पुगिनसकेको फ्रन्टका एक सदस्यले बताए ।

‘कतै केन्द्रीय कमिटीमा नाम माग्दै वा सँगै अघि बढौँ भन्दै प्रस्ताव आइरहेका छन् । तर अब ३० गतेसम्म अझै कति दल दर्ता होलान् वा केही होला । तत्काल केही नआए पनि त्यसपछि दर्ता भएकैसँग अलायन्स गरेर जाने विषयमा पनि त सोच्न सकिन्छ,’ उनले भने, ‘त्यसैले अहिले नै अब यो तरिकाले जान्छौँ भन्ने केही छैन । हरेक विकल्पमा काम भइरहेको सत्य हो ।’

यदि कुनै दलमा नजोडिएको अवस्थामा के हुन्छ त ? जेनजी फ्रन्टभित्रै स्वतन्त्र उम्मेदवार उठाएर जाने सम्भावनाबारे पनि छलफल भएको छ । यदि फ्रन्टका सदस्य व्यक्तिगत वा कुनै समूहमा रहेर चुनाव लड्छन् भने फ्रन्टले पूर्ण समर्थन गर्नेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More