― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsपार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दैछन् बालेन – KhabarHost

पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दैछन् बालेन – KhabarHost


गत पुस १० मा आफ्ना सहयोगी कुमार बेनको ज्वागतस्थित घरमा बालेन शाह ।


राष्ट्रिय

समाचार.

  • महानगरका मेयर बालेन शाह ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्।
  • बालेन शाहले रास्वपासँगको एकता प्रक्रिया पूरा गर्न आफ्नो तर्फबाट काम गरिरहेको स्रोतले बताएको छ।
  • उनी समानुपातिक सूची विवादका कारण आएका जेनजी समूहका नेताहरूसँग भेटघाट गर्दै आगामी निर्वाचनको तयारी गरिरहेका छन्।

१६ पुस, काठमाडौं । महानगरका मेयर बालेन शाह पनि ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर खोलिएको कार्यालयबाटै आफ्नो राजनीतिक गतिविधि गरिरहेका छन् ।

स्रोतका अनुसार शुक्रबार पनि बालेनले ज्वागलस्थित पार्टी कार्यालयबाटै भेटघाटलाई निरन्तरता दिए ।

तर, उनको यो भेटघाट आफ्नो ढंगले छुट्टै अघि बढेको भन्दा पनि रास्वपासँगको एकता प्रक्रिया पुरा गर्न आफ्नो तर्फबाट काम सक्न गतिविधि गरेको स्रोतले भन्यो ।

यता उज्यालो नेपाल पार्टीभित्र विवाद भएर निर्वाचन आयोग पुगेसँगै रास्वपासँग एकता गरेकाहरु फेरि आफ्नै ढंगले अघि बढेको चर्चा छ ।

कतै बालेन शाहले पनि आन्तरिक रुपमा छुट्टै अघि बढ्न ज्वागलबाटै गतिविधि गरेका त हैनन् ? जवाफमा स्रोतले भन्यो, ‘त्यस्तो केही होइन । उहाँले एकताको लागि आफ्नो तर्फबाट गरिनुपर्ने तयारी त्यहाँबाट गरिरहनुभएको हो । पहिल्यैदेखि कार्यालय भएर पनि त्यहाँ सहज छ ।’

बालेन निकट ती नेताकाअनुसार बालेन शाहले जेनजी लगायतका युवामा आएका छन् । यसअघि समानुपातिक सूची बालेनको तर्फबाट पठाउँदा जेनजीले सिफारिस गरेका नाम छुटाइएको आरोप लागेको थियो ।

समानुपातिक सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि जेनजी फ्रन्ट र द काउन्सिल अफ जेनजीका केही अगुवा रुष्ट थिए । त्यसैले पनि उनीहरुको माग सम्बोधन गर्न बालेन लागिपरेको स्रोतले बतायो ।

‘जेनजीका घाइतेहरु पनि आएका छन् । उनीहरु आफूलाई रास्वपामा समेट्नुपर्ने भन्दै आइरहेका थिए,’ बालेननिकट स्रोतले भन्यो, ‘यस्तै, जो आउँछन् उहाँले भेट दिनुभएको छ ।’

महानगरपालिकाको कार्यालय समयमा महानगरकै काममा व्यस्त बालेन त्यसपछि ज्वागलस्थित पार्टीको कार्यालयमा आउने गरेको स्रोतले भन्यो ।

उम्मेदवार छान्ने, निर्वाचनको तयारी लगायतका कामहरु बालेनले ज्वागलबाटै गरिरहेका छन् ।

ललितपुरको ज्वागलमा बालेनको पार्टी कार्यालय भवन ।

तर, बालेनको सचिवालय भने रास्वपाको पार्टी कार्यालयबाटै सक्रिय छ । मेयर बालेन शाह ज्वागलमा रहेपनि सचिवालयले भने उतैबाट काम गरिरहेको स्रोतले बतायो ।

यदि रास्वपालाई बालेन भेट्नुपर्ने अवस्था आयो भने उता पक्षका नेताहरु ज्वागल नै आउने गरेको ती नेताले बताए । जस्तो, बिहीबार मात्र छलफलको लागि रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी ज्वागल पुगेका थिए ।

‘बालेनज्यूसँगै केही पर्‍यो भने रास्वपा पक्षका नेता ज्वागलमै आउनुहुन्छ । त्यसबाहेक अन्य काम उहाँको सचिवालयले रास्वपा कार्यालयबाटै हेरिरहेको हुन्छ,’ अर्का एक बालेननिकट नेताले भने, ‘मान्छे त ठ्याक्कै म चिन्दिनँ । तर, उज्यालो नेपालका केन्द्रीय सदस्यको दौडधुप पनि ज्वागलतिरै चलिरहेको देख्छु ।’

यसबाहेक कलाकार, अभियन्ता र आगामी निर्वाचनको लागि टिकटमा लबिङ गर्नेहरु पनि ज्वागलमै धाइरहेको ती नेताले अनलाइनखबरसँग बताए ।

त्यस्तै, अर्का नेताले बताए अनुसार भेट्न आउनेले बालेनसँग आगामी निर्वाचनको रणनीतिबारे बुझ्न खोज्छन् । बालेनले पनि चुनाव आयो, अब सबै लाग्नुपर्छ भन्ने गरेको दाबी ती नेताले गरे ।

‘मेयरले बढी बोल्ने भन्दा सुन्ने धेरै देख्छु । चुनावी चहलपहल ज्वागलमा व्यापक छ अहिले,’ ती नेताले बताए ।

यसबाहेक ज्वागलमा विभिन्न टिमले काम गरिरहेका छन् । कोही नयाँ मान्छे खोज्ने र उम्मेदवारको सूचि बनाउनेमा पनि उत्तिकै सक्रिय छन् ।

पछिल्लो समय विवादित बनेको समानुपातिक सूचिमा गुनासो गर्नेहरु पनि उत्तिकै आइरहेका छन् । ‘त्यसैले यसकै वरपर रहेर मेयरसाब छलफलमा व्यस्त हुनुहुन्छ । सबैका कुरा सुन्ने र आश्वस्त बनाएर पठाउनु नै उहाँको दैनिकीजस्तो बनेको छ,’ ती नेताले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More