― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsपार्टीमा सिद्धान्तको बहस हुन सकेन : काफ्ले – KhabarHost

पार्टीमा सिद्धान्तको बहस हुन सकेन : काफ्ले – KhabarHost



१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा आगामी महाधिवेशनको बहस चलिरहेका बेला केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सिद्धान्तको बहस हुन नसकेको टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा ‘वास्तविक नेतृत्वका निम्ति मेरो अपिल’ शीर्षक दिएर उनले शनिबार कांग्रेसमा सिद्धान्तको बहसभन्दा पनि व्यक्तिगत अहंकारले ठाउँ पाउँदा पार्टी कमज़ोर भएको उल्लेख गरेका छन् ।

बागमती प्रदेशका निवर्तमान अर्थमन्त्रीसमेत रहेका काफ्लले केन्द्रीय समिति बैठकमा पार्टीको पदमा पुग्ने महत्वाकांक्षी प्रयासमात्र भइरहेको आरोपसमेत लगाएका छन् ।

‘प्रजाान्त्रिक समाजवादी कार्यक्रम र सिद्धान्तको व्यवहारिक प्रयोगका बारेमा पार्टीभित्र अहिले बहस र छलफल हुन सकेको छैन,’ उनले लेखेका छन्, ‘केवल पदमा मात्र पुग्ने महत्वाकांक्षी प्रयासमात्र भइरहेका छन् ।’

कुनै पनि राजनीतिक पार्टीले आफ्ना घोषित सिद्धान्त र कार्यक्रमका बारेमा विचार, पुनर्विचार र समीक्षा गरिरहने र जनताको आस्था र विश्वासको अवस्था परीक्षण गर्ने उनको भनाइ छ ।

‘बीपी कोइरालाजस्तो सिद्धान्तवादी समाजवादी नेताको मार्गदर्शनमा अघि बढेको पार्टीको नैतिक हिम्मत सगरमाथा जत्तिकै अटल छ र हामीबाट जनाताको पक्षमा काम गर्दा कुनै कमजोरी गरेका छैनौँ भनेर ढुक्क साथ भन्न सक्ने नेतृत्व निर्माणको मेरो आवाज र अभियान हो,’ काफ्लले भनेका छन्, ‘ढाकछोप र लिपपोतबाट अघि बढ्न मिल्दैन र जनताको आँखामा छारो हालेर पानी माथिको ओभानो बन्न खोज्ने पदासीन र पदासीन माथि खुला विद्रोह गर्न साथीहरूमा आह्वान गर्दछु ।’





Read More