― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsपाकिस्तानले जित्यो अस्ट्रेलियासँगको टी-२०आई शृंखला

पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको टी-२०आई शृंखला


राष्ट्रिय

समाचार.

  • पाकिस्तानले अस्ट्रेलियासँगको दोस्रो टी-२०आई खेलमा ९० रनले जित हासिल गरी शृंखलामा २-० को अग्रता बनाएको छ।
  • अस्ट्रेलियाले १५.४ ओभरमा १०८ रनमा अलआउट हुँदा क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए।
  • पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए भने कप्तान शाहिबजादा फरहानले सर्वाधिक ७६ रन बनाए।

१७ माघ, काठमाडौं । पाकिस्तानले अस्ट्रेलियासँगको टी-२०आई शृंखला जितेको छ । शनिबार भएको दोस्रो टी-२०आई खेलमा ९० रनको जित हासिल गर्दै पाकिस्तान एक खेल अगावै शृंखलामा विजयी भएको हो ।

पाकिस्तानले दिएको १९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५.४ ओभरमा १०८ रनमा अलआउट भयो । क्यामरन ग्रीनले सर्वाधिक ३५ रन बनाए । म्याथ्यु शर्टले २७ रन बनाए।

पाकिस्तानका अबरार अहमद र शादाब खानले ३-३ विकेट लिए । उस्मान तारिकले २ विकेट लिँदा सायम आयुब र मोहम्मद नवाजले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो । कप्तान सलमान अली आघाले सर्वाधिक ७६ रन बनाए । उस्मान खानले ५३ नरन बनाउँदा शादाब खान २८ रनमा अविजित रहे ।

अस्ट्रेलियाका जेभियर बार्टलेट, एडम जाम्पा, म्याथ्यु कुहनेमान, शन एबट र कूपर कोनोलीले १-१ विकेट लिए ।

यसअघि पहिलो टी-२० पनि जितेको पाकिस्तानले ३ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More